मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

शान्ति पदयात्रा
काभ्रे सेवा समाजले गरे पनौती– नमोवुद्ध शान्ति पदयात्रा

Thearaniko Times 1381+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

पनौती/बुद्ध जयन्तीको अवसर पारेर काभ्रे सेवा समाजको आयोजनामा  पनौती–नमोवुद्धसम्म शान्ति पदयात्रा आइतबार संपन्न भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि केही गरौं, पर्यटन प्रवद्र्धनका लागि पदयात्रा भन्ने मुल नाराका साथ शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।

‎नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा शुभारम्भ गर्नुभएको थियो। ‎शान्ति पदयात्राको शुभारम्भ गर्दै पुर्व राष्ट्रपति डा.रामवरण यादवले गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनपयोगी भएको बताए । बुद्धका सन्देशहरुलाई कार्यान्वन गर्न सबै पक्ष र क्षेत्र लाग्न डा.यादवले सुझाव दिए । 

पनौती नगर प्रमुख रामशरण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शान्ति पदयात्राको औचित्यबारे काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोतम नेपाल र पुर्व अध्यक्ष केशव थापाले जानकारी गराएका थिए । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।

‎‎बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज तथा विभिन्न क्षेत्रका प्रतिनीधिहरु सहभागि छन् । 

‎२०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्दै आएको छ । समाजले गत वर्ष २०८० साल असोज ६ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।

‎पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गरिएको थियो । सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर यात्रा टुङ्गिएको थियो । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार