मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

खानीखोलाले गरे शहिद परिवारलाई सम्मान खुवालाई अनुदान दिने नीति पास

Thearaniko Times 1401+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

काभ्रे । खानीखोला गाउँपालिकाको १५ औं गाउँसभा एवं ८ औं बजेट कार्यक्रममा आ.व.२०८१÷०८२ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । पालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।

नीति तथा कार्यक्रममा अब खुवामा पनि अनुदान दिने सरकारको नीति पास भएको पालिका प्रमुख अध्यक्ष इन्द्रबहादुर थिङ्ले जानकारी दिए । पालिका प्रमुख थिङ्ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादन, कृषिमा जोड, जसको उत्पादन उसैलाई अनुदान जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ । यसअघि पालिकाले कफीमा अनुदान दिदैं आएको छ । खानिखोलामा मासिक १० हजार धार्नी खुवा उत्पादन हुन्छ ।

खानिखोला गाउँपालिका भित्रको २० जना नेपाल सरकारले शहिद घोषणा गरिएका परिवारलाई नगद १५ हजार र सम्मान पत्र दोसल्लासहित सम्मान गरिएको थियो । सम्मान प्रदान गरेपछि गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले भने, ‘हामी आज जहाँ छौँ, त्यो सहिदहरुको बलिदानको कारणले सम्भव भएको हो, हामीले उहाँहरुलाई उहाँहरुको परिवारमार्फत् सम्मान गर्ने कुराले नै उहाँहरुप्रति सच्चा सम्मान हुन्छ भन्ने हामीलाई लागेको छ ।’ शहिदहरुको योगदान बलिदानले आएको परिर्वतनलाई आत्मसाथ गर्न र उनिहरुको परिवारलाई स्थनिय सरकारले सरकार भएको महसुस दिनको लागि सम्मान कार्यक्रम गरिएको अध्यक्ष थिङले बताए । शहिदहरुको अमुल्य योगदानलाई कदर गर्दै उनीहरुको परिवारलाई सम्मान गर्ने कार्यक्रम गाउँ सभाको दिन राखेको अधिकृत गैरेले बताए । स्थानिय सरकारले गाउँसभाको दिन हामीलाई सम्झेर सम्मान गरिएकोमा खुशी भएको शहिद परिवारहरुको भनाई छ ।

सफल सगरमाथा आरोही खानिखोला गाउँपालिका लेखापाल बमबहादुर बिकलाई  नगदसहित सम्मान प्रत्र प्रदान गरिएको छ । उत्कृष्ट कर्मचारी इन्जिनियर अनमोल आचार्य, स्वयमसेबिका र कार्यालय सहयोगीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार