मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


सकियो बृहत् कृषि महोत्सव - महोत्सवमा करिब ७० हजारले गरे अवलाेकन

Thearaniko Times 1369+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

बनेपा /  फाल्गुन ४ गतेबाट बनेपामा सुरु काभ्रेपलाञ्चोक बृहत् कृषि महोत्सव -२०८० आजबाट समापन भएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिका लगायत काभ्रेका सबै स्थानिय तह, काभ्रे उद्योग वाणिज्य संघ र सबै नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा फाल्गनु ४ देखि बनेपास्थित करुणामार्गमा भएको महोत्सव आज एक समारोहका बीच समापन गरिएको हो ।

महोत्सवमा करीब ६० देखि ७० हजार नागरिकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

१ सय ५० स्टल रहेको महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, कम्पोष्ट मल, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, दुध दुहुने मेशिन, कोल्ड च्याम्बर प्रविधिदेखि कौशी खेती गर्ने प्रविधिहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका  थिए । काभ्रेका १३ पालिकाबाट भौगोलिक प्रतिनिधित्व हुने गरी उत्पादित सामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो। 

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले महोत्सवमा दुई करोड रुपियाँ बराबरको ताजा तरकारीलगायतका कृषि उत्पादन बिक्री भएको बताउनुभयो । उहाँले महोत्सवमा राखिएका कृषि उपकरण र होटलको बिक्रीबारेमा तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो । 

“महोत्सव हुनुअघि कृषि महोत्सव पनि सम्भव छ भन्ने धेरैमा कौतुहलता भएपनि महोत्सवले गाउँस्तरमा उत्पादित रैथाने बाली, उपजहरुले स्थान पाएको खण्डमा बजारीकरण गर्न सकिने रहेछ भन्ने सकारात्मक सन्देश दिएको छ” दवाडीले भन्नुभयो । 

उहाँले महोत्सवले किसानहरुलाई कृषिमा भित्रिएको प्रबिधिबारेमा जानकारी प्रदान गर्नुको साथै कसरी कृषिमा प्रबिधिको प्रयोग गर्न सकिन्छ भन्ने सन्देश किसानलाई दिएको बताउनुभयो । 

“यो महोत्सवले जिल्लामा कृषिउपजको बजारीकरणका लागि स्थान आवश्यक रहेको र जिल्लामा उत्पादित कृषिउपजहरुले बजार पाउँछन् भन्ने कुरा देखाएको छ” कार्यालय प्रमुख दवाडीको भनाई थियो।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार सन्चालन गरिएको थियो । रक्तदान, स्वास्थ्य शिविर संचालन गरिएका छन् ।

हरेक दिन आयोजना भएका साँस्कृतिक कार्यक्रममा पनि दर्शक खचाखच थिए । राष्ट्रिय स्तर र स्थानीय कलाकारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

उद्घाटनको दिनमा गायक जीवन शर्मा, चेतन सापकोटा, जितु लोप्चन, विशाल काल्तान लगायतको  प्रस्तुतीमा सबैले भरपुर मज्जा लिए ।

शनिवार चर्चित गायक एलिना चौहान, प्रताप दास, मञ्जु पौडेल, गोकुल राउत, अमृत खाती, अमृता लुंगेली मगरको गितमा रमाएका दर्शकले राती सवा ८ बजेसम्म बसेर कलाकार मनोज गजुरेलको प्रस्तुती हेरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काभ्रेका अध्यक्ष धनपति दाहाल लगायत कलाकारले पनि हरेक दिन आफ्नो प्रस्तुतीमार्फत माहोल सिर्जना गरिरहेका छन् ।

आइतबार गायक रचना रिमाल, लोक तथा दोहोरी गायिक शान्ती श्री परियार, खुमन अधिकारी लगायतको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

आज अन्तिम दिन नवराज घोरासैनी, खुमन अधिकारी, बद्री पंगेनी लगायत चर्चित कलाकारहरूको प्रस्तुत रह्यो।

समापन कार्यक्रममा महोत्सवमा रहेका स्टलमध्ये सर्वोत्कृष्ट भएका २० स्टललाई पुरस्कृत गरियो । महोत्सवकै सन्दर्भमा गरिएको चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

समापन समारोहमा काठमाडौ विश्वबिद्यालयका उपकुलपति भोला थापा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. श्रृजा वाग्ले, कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी लगायतले कृषि क्षेत्रको सुस्ताएको व्यापार प्रवर्द्धनको लागि महोत्सवले अवसर सृजना गरेको तर्क गरे ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार