मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्थानीय निकाय
‎बनेपा–६ मा योजना तर्जुमा छलफल: विकास, सहभागिता र सुशासनको प्रतिबद्धता

Thearaniko Times 1394+ समाचार ( )
५ असार २०८२, बिहीबार

बनेपा । बनेपा नगरपालिका वडा नं. ६ मा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना तर्जुमा छलफल कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष सचिदानन्द केसीको सभापतित्वमा आयोजित कार्यक्रममा विकास योजना, सार्वजनिक सरोकार र सहभागिताको सशक्त प्रस्तुति देखिएको छ।

‎कार्यक्रमको प्रारम्भमा अध्यक्ष केसीले वडामा आगामी वर्षका लागि प्रस्तावित योजना र प्राथमिकता क्षेत्रहरूबारे जानकारी गराएका थिए। सडक बिस्तार, खानेपानीको पहुँच विस्तारका लागि डिप बोरिङ निर्माण तथा वितरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विविध कार्यक्रम सञ्चालन हुने जानकारी दिइएको थियो। सहभागीहरूले उठाएका जिज्ञासाको निरुपण गर्दै अध्यक्ष केसीले पारदर्शी ढंगमा योजनाको कार्यान्वयनको प्रतिबद्धता जनाए। विकास निर्माणमा केही अवाञ्छित व्यक्तिहरुले बेनामी मुद्दा हालेर अवरोध गर्ने प्रयास गरेको जानकारी पनि उहाँले दिनुभयो।

‎कार्यक्रममा विभिन्न दल, समुदाय र पेसागत क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो। पूर्व वडा अध्यक्ष भैरव केसीले वर्तमान अध्यक्षको विकासप्रेमी नेतृत्वको प्रशंसा गर्दै “बादशाहनै” भन्नु परेको धारणा राखे। बौद्धिक क्षेत्रका प्रतिनिधि भोला प्रसाद केसीले सडक, खानेपानी, शिक्षाको क्षेत्रमा भएको प्रगतिको खुलेर प्रशंसा गरे।

‎कार्यक्रममा रास्वपाका तारादेवी सापकोटा, एकीकृत समाजवादीका सुनिल घर्ती मगर, राप्रपाका नगर अध्यक्ष अनन्त प्रसाद दाहाललगायतले पनि धारणा राखे।

‎२२ वर्ष सेवा गरेर अनिवार्य अवकाश प्राप्त गरेका वडा सचिव शिवप्रसाद न्यौपानेलाई कार्यक्रममा विशेष सम्मान गरियो। त्यस्तै, सहायक वडा सचिव अनु मानन्धर, आफ्नै खर्चमा सडक ढलान गरेका रवि भोछिभोया तथा खत्रिगाउँ डिप बोरिङ उपभोक्ता समितिका पदाधिकारीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

‎कार्यक्रममा सहभागीहरूले जनप्रतिनिधिहरूको व्यवहार, सेवा प्रवाह र अभिवृत्तिको पनि मूल्याङ्कन गरेका थिए। उनीहरूका अनुसार, जनप्रतिनिधिहरूको सेवा भाव, नियमित उपस्थिति र इमानदार शैली सुशासनको सूचक बनेको बताए।

‎कार्यक्रमको अन्त्यमा विष्णु नारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै सबैलाई सहकार्यका लागि आग्रह गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार