मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
कवि विश्व सिग्देलको ‘तालीको समाजशास्त्र’ कृतिमाथि विस्तृत चर्चा

Thearaniko Times 1401+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

काठमाडौं। कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’ माथि परिचर्चा कार्यक्रम शुक्रबार ठमेलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना सुनकोसी वाङ्मय प्रतिष्ठानले गरेको हो । वरिष्ठ कवि श्यामलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृतिबारे विस्तृत चर्चा गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि श्यामलले विश्व सिग्देललाई अत्यन्त सम्भावनाशील कविको रूपमा चर्चा गर्दै उनका कविताले उनको व्यक्तित्व निर्माण गरेको उल्लेख गरे। उनले भने, “साँस्कृतिक चेतना र लघुताभाष भइसकेको सन्दर्भमा घिनलाग्दो परिपाटी मञ्चबाट सुरु हुन्छ। समयको मूल्यलाई नमान्ने कोही पनि कवि हुन सक्दैन। बिम्बको अत्यधिक प्रयोगले कविता जटिल बन्न सक्छ, त्यसबाट कविले जोगिनुपर्छ।” नेपाली कविताको स्थान बुझ्नका लागि विश्व साहित्य बुझ्न आवश्यक रहेकोमा पनि उनले जोड दिए।

परिचर्चाकार आर. एम. डंगोलले कृतिमा शक्तिशाली कविता समावेश रहेको उल्लेख गर्दै भने, “थोरै लेख्ने तर गहकिला कविता लेख्ने कविको रूपमा सिग्देलको छुट्टै पहिचान बनेको छ। अरुको अधिनमा हामी कसरी गाँजिँदै गइरहेका छौँ भन्ने कुरा यस कृतिले स्पष्ट पार्छ।” उनका अनुसार कृतिमा समाजका विभिन्न तहमा रहेका विकृति र विसङ्गति उजागर गर्ने ४५ वटा कविता छन्, जसमा वैचारिक र बौद्धिक चेतना सशक्त रूपमा व्यक्त भएको छ।

अर्की चर्चाकार सुधा मैनालीले सिग्देलका कवितामा सामाजिक विषयवस्तुको विविधता र सालिन विद्रोह देखिने उल्लेख गरिन्। शीर्षकको औचित्यबारे उनले भनिन्, “२१औं शताब्दीको सभ्य, उन्नत र विकसित समाजको ‘ताली’लाई दासत्वको यात्राको रूपमा चित्रण गरिएको छ। कवितामा सामाजिक विकृति र विचलनप्रति व्यंग्य प्रहार र गहन विचार अभिव्यक्त भएका छन्।”

कार्यक्रममा आफ्ना विचार राख्दै सर्जक सिग्देलले आफू मञ्चमा सुन्न र सिक्न आएको उल्लेख गर्दै समीक्षक, प्रमुख अतिथि तथा आयोजकलाई धन्यवाद दिए। उनले विचार र कलालाई सँगसँगै अघि बढाए मात्र कविता कविताजस्तो बन्ने धारणा दोहोर्‍याए र निरन्तर कविता साधनामा अग्रज तथा समकालीनको सुझाव अपरिहार्य रहेको बताए।

सो अवसरमा कवि रमी प्रिया, चन्द्रबहादुर लामा, अमोघ काफ्ले लगायतले ‘तालीको समाजशास्त्र’ बाट कविता वाचन गरेका थिए।

कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो । महासचिव प्रदीप सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य सदस्य पूर्णबहादुर श्रेष्ठले राखेका थिए।

कार्यक्रमको सह–आयोजक चि:वहाल परिवार, ठमेल थिए भने इखबर नेट मिडिया पार्टनरका रूपमा रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार