मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
हरेक वडामा हप्ताको एक दिन श्रमअभियान सञ्चालन गर्ने प्रतिबद्धता : उम्मेदवार हुँमागाई

Thearaniko Times 1401+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ की नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बसुन्धरा हुँमागाईले निर्वाचित भएपछि हरेक वडामा पुगेर हप्ताको एक दिन अनिवार्य श्रमअभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा आयोजित स्थानीय जनतासँगको भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार हुँमागाईले जनताको विश्वास र पार्टीको निर्देशनअनुसार काम गर्ने दृढता व्यक्त गर्नुभयो। उहाँले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएपछि जनताले राखेका माग र आवश्यकतालाई प्राथमिकताका साथ पूरा गर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै उहाँले आफू सधैँ जनताको साथमा रहेर विकास निर्माण र समृद्ध समाज निर्माणको अभियानमा सक्रिय रहने उल्लेख गर्नुभयो। “फागुन २१ गतेसम्म मलाई विजयी गराउने जिम्मा तपाईँ जनताकै हो, त्यसपछि प्रतिनिधि सभा सदस्य बनेर जिम्मेवारी बहन गर्ने काम मेरो हुनेछ,” उहाँले भन्नुभयो।

आफ्नो विगत अनुभव स्मरण गर्दै उम्मेदवार हुँमागाईले २१ वर्षको उमेरमै तत्कालीन कलाँती–भूमेडाँडा गाविस अध्यक्षका रूपमा निर्वाचित भई गरेको कामको मूल्याङ्कनका आधारमा जिल्ला विकास समितिबाट पटक–पटक सम्मानित भएको जानकारी दिनुभयो। साथै, बागमती प्रदेश सभा सदस्य तथा प्रदेश कृषि मन्त्रीका रूपमा रहँदा आफूले थालेका पहल र योजनाहरू जनताको हितमा सफल भएको उहाँको भनाइ थियो।

उहाँले आगामी दिनमा विकास निर्माण, प्रभावकारी कानुन निर्माण र देशको समृद्धिका लागि आफ्नो भूमिकामा कुनै कमी नआउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि इमान्दारिताका साथ काम गर्ने र हरेक हप्ता एक दिन कुनै न कुनै वडामा श्रम गर्ने अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो।

सो श्रमअभियान सम्बन्धित वडा र पार्टी कमिटीसँग समन्वय गरेर अघि बढाइने र जनतासँग नजिक भएर प्रत्यक्ष रूपमा जनहितका काम गरिने उल्लेख गर्नुभयो।

कार्यक्रममा पार्टीका केन्द्र, बागमती प्रदेश, जिल्ला तथा पालिकास्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार