मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’को दोस्रो संस्करण सार्वजनिक

Thearaniko Times 1401+ समाचार ( )
८ माघ २०८२, बुधवार

काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नियात्रा संग्रह ‘यात्राको लय’ को दोस्रो संस्करण राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।

बुधबार सम्पन्न कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक प्रमोद प्रधान, डा. सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुलीलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गौतमले सापकोटाको नियात्रा सरल भाषाशैलीमा लेखिएको र पाठकलाई निरन्तर अघि बढ्न प्रेरित गर्ने सामर्थ्य भएको टिप्पणी गरे।

कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘यात्राको लय’ द्वन्द्वकालीन समयको अनुभूतिलाई समेट्ने कृति भएको बताए। उनले लेखकले साना–साना दृश्यलाई आत्मीय र अनुभूतिमय ढंगले प्रस्तुत गरेको उल्लेख गरे।

लेखकका गुरु लेखनाथ हुमागाईंले सापकोटाको साहित्यिक यात्राप्रति खुसी व्यक्त गर्दै उनको विद्यालय जीवनदेखि देखिएको लेखन रुचिको स्मरण गरे।

चर्चाकार डा. सृजना शर्माले कृतिमा यात्राका क्रममा भोगिएका दुःख–पीडा, राष्ट्रिय भावना र छिमेकी मुलुकको हेपाहा प्रवृत्तिबारे सशक्त अभिव्यक्ति पाइने बताइन्। उनले कृतिले पाठकलाई पूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न भूगोलमा घुमाउने अनुभव दिने धारणा राखिन्।

श्रीओम श्रेष्ठ ‘रोदन’ले सापकोटा नियात्रासँगै निजात्मक निबन्ध लेखनमा पनि सक्रिय स्रष्टा भएको बताए।

कार्यक्रममा भुँडीपुराण प्रकाशनका केशव पराजुली, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नियात्राकार पवन आलोक र साहित्यकार किशोर पहाडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए।

लेखक सापकोटाले आफू लेखनप्रति रुचि राख्ने व्यक्ति भए पनि असल पाठक हुनु आफ्नो पहिलो पहिचान भएको बताए।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले राखेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार