मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

रोटर्याक्ट क्लब अफ बनेपाले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने

Thearaniko Times 1369+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

बनेपा/कुनै बेला मनोरञ्जनको महत्वपुर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडी सम्म दशै तथा तिहार मा बालवालिका देखी युवा युवतीले मनोरञ्जनको रुपमा लिने चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको कारण लोप हुन थालेको हो ।

युवा पुस्ताको रोजाईमा पर्न नसक्दा पछिल्ला वर्षहरुमा चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ । पहिलेको जस्तो चंगा उडाउने ठाउँ पनि पर्याप्त नभएकाले उतिबेलाका घरहरूको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो भएपनि खुल्ला स्थान अभाव र शहरीकरणका कारण चंगा उडाउने संस्कृति हराउँदै जान थालेको रोट्राक्ट क्लब बनेपा-Rotaract club of banepa_का अध्यक्ष रोभेन तौजलेले वताए ।

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भएपनि नेपालमा भने चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ ।

अहिलकोे युवा आफ्नो संस्कति बचाउन भन्दा पनि खाली घुम्ने र खानैमा रमाइलो मान्छन् । दसैंमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दै छ । अहिलेका बालबालिकाको मोबाइल, कम्प्युटर, ल्यापटपलगायतका मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आर्कषण घटेको धेरैको बुझाई छ । पहिले पहिले शहर बजारमा किराना पसल देखी तरकारी पसलसम्म पाइने चंगा अहिले आएर बजारमै केही सिमित पसलमा मात्र भेटिने गरेको छ । अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आईसकेको छ । लोप हुन थालेको संस्कती जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाहरुले करिव १० वर्षदेखि चंगा चैट -Kite Festival_प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटक पनि नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा रोट्राक्ट क्लब बनेपा-Rotaract club of banepa_ले अशोज ४ गते फुलपातीका दिन चंगा चैट -Kite Festival_ प्रतियोगिता आयोजना गरिने भएको छ । यस अघि ३ पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लब बनेपा-Rotaract club of banepa_ले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्टलहरु पनि राख्ने जनाएको छ ।

चंगा उडाऔं संस्कृति जोगाऔं भन्ने मुल नाराका साथ चंगा चैट -Kite Festival_ प्रतियोगिता आयोजना गर्न लागेको इभेन्ट को–अर्डिनेटर तथा सेक्रेटरी सदिक्षा धितालले वताए । नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसरमा चंगा खेल्ने देशको संस्कृति लोप हुँदै गएकोमा यस्तो खालको कार्यक्रमले संस्कृति संरक्षणमा ठुलो टेवा पुग्ने सेक्रेटरी धितालले वताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार