मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

गणतन्त्र स्थापनामा २६ जना माझी समुदायका युवा युवतीले बलिदान गरेको छ : सांसद माझी

Thearaniko Times 1394+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

मकवानपुर/माझी राष्ट्रिय मुक्तिमोर्चा नेपाल मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

जिल्ला सम्मेलनमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् माेर्चाकी केन्द्रीय महासचिव उर्मिला माझी नेपालको राजनीति सामाजिक परिवर्तन त्यसै सम्भव नभएको बताएकी छिन् ।

मोर्चाकी महासचिव समेत रहेकी सांसद माझीले गणतन्त्र स्थापनामा २६ जना माझी समुदायका युवा युवतीले बलिदान गरेको बताइन् । अहिले मानिसहरूले परिवर्तन त्यत्तिकै आएको र यत्तिकै उल्टिने कुरा गरिरहेकोमा आपत्ति जनाउँदै उनले परिवर्तन र गणतन्त्र कुनै हालतमा नउल्टिने बताइन् ।

उनले गणतन्त्र, संघियता, समानुपातिक समावेशी व्यवस्थासहितको नयाँ नेपालको स्थापनाको लागि माझी समुदायले गरेको त्याग, बलिदान र सौर्यको कदर गर्दै आफुलाई माओवादी पार्टी र अध्यक्ष प्रचण्डले सांसद बनाएको उल्लेख गरिन् ।

उनले माझी समुदायले राजनीति सामाजिक चेतनामा विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले माझी समुदायको प्रमुख चाड लदी पुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गरि सार्वजनिक विदा दिनुपर्ने कुरामा केन्द्र सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै बागमती प्रदेश सरकारले सुचिकृत गरि विदा दिएकोमा धन्यवाद दिइन् । उनले बागमती प्रदेश सरकारले माझी समुदायलाई मात्रै नभई सबैलाई सार्वजनिक विदा दिन माग पनि गरिन् ।

माझी राष्ट्रिय मुक्ति मोर्चाकी नेतृ तथा केन्द्रीय सचिव लक्ष्मी माझी कृपाले हिजो एकात्मक सामन्ती राजतन्त्रले अत्यन्तै उत्पीडनमा पारेको माझीलगायतका समुदाय, महिला, दलित, आदिवासी जनजातिले गणतन्त्र र परिवर्तनको कारण नै राज्यको मुल प्रवाहमा र नीति निर्माण तहमा प्रवेश पाएको तथ्यलाई विर्सन नहुने बताइन् । उनले माझी समुदायले माओवादी र जनयुद्धको पक्षमा निरन्तर लाग्न र प्रतिक्रियावादी र परिवर्तन विरोधीको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन पनि दिइन् । उनले अहिलेको गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताइन् ।

सम्मेलनमा विशेष अतिथिको रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, केन्द्रिय सदस्य कृष्णबहादुर माझी, दन्तलाल माझी, किरण माझी, बागमती प्रदेश कोषाध्यक्ष नारायण माझी लगायतले मन्तव्य राख्नु भएको थियो ।

सम्मेलनबाट भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा भुपु माझी र मिरा माझी चयन भएका छन् भने सचिवमा कुसुम माझी र सहसचिवमा श्रवण माझी तथा कोषाध्यक्षमा राधिका माझी चयन भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार