अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन
१०० औ लेनिन स्मृति दिवशको सन्दर्भमा
” सन १९१८को गृष्ममा कठिनाईहरु निक्कै बढेर गयो, नदेझ्दा क्रुप्सकाया संझिनु हुन्छ । लेनिनलाई न त लेख्नकोलागि समय बाँकी रहन्थ्यो, न त सुत्नकोलागि । उहाँको एउटा फोटो छ, त्यो अगस्त महिनाको अन्तमा, उहाँ घायल हुनुभन्दा केही पहिले खिचेको थियो । उहाँ सोच मग्न हुनुहुन्छ, र यस्तो लाग्दछ भरखरै गंभीर बिरामी भएर उठ्नु भएको जस्तो । ।” यसो खाली समय भएकोले लेनिन जर्मन कम्युनिष्ट क्लारा जेट्किनलाई चिठी लेख्न बस्नु भयो ।
“अचेल हामी क्रान्तिपछि शायद सबभन्दा कठिन समयबाट गुज्रिरहेका छौं । वर्ग संघर्ष र गृहयुद्धले आबादीलाई निक्कै भित्रसम्म प्रभावित गरिदियो । गाउँहरुमा जताततै मानिसहरु विभाजित भएका छन् । जो गरिब छन् उनीहरु हामीप्रति छन् र जो जमिन्दार छन् उनीहरु हाम्रो घोर शत्रु बनेका छन् । आन्तान्त (विरोधीहरुको समुह)ले चेकोस्लोभाक पट्टिकालाई किनेको छ । क्रान्ति विरोधी विद्रोहको आगो दन्किरहेको छ । सारा बुर्जुवाहरु हाम्रो सत्ता पल्टाउनकोलागि पैतलादेखि टाउकोसम्मको बल लगाई रहेका छन् ।”
आतंकवादी कार्वाहीहरु दिनानुदिन बढ्दै गैरहेको थियो । पेत्रोग्रादमा प्रतिक्रान्ति तथा भितरघात विरोधीले असाधारण आयोगको अध्यक्ष उरीस्त्किीको हत्या गरेका थिए । ३० अगस्तका दिन लेनिन कैयौं सभालाई सम्बोधन गर्नेवाला हुनुहुन्थ्यो । उहाँलाई ती सभाहरुमा नजान, अनाहकमा जोखिम नउठाउन अनुरोध गरियो । तर उहाँले मान्नु भएन उहाँ जानु भयो । कैयौं सभाहरुमा भाषण गर्नुभयो । एउटा कारखानामा पनि मजदुरहरुलाई सम्बोधन गर्नुभयो । भाषण सकिएपछि परिसरमा मात्र के निस्कनु भएको थियो ड्याङ, ड्याङ, ड्याङ तीन गोली चल्यो । “साथीहरु, शान्त हुनुहोस”, “संगठित रहनुहोस”– लेनिनले यत्तिमात्र भन्न भ्याउनु भयो । उहाँलाई तुरुन्त कारमा बसालियो । धेरै रगत बगेको कारण उहाँ कम्जोर हुँदै जानु भएको थियो । तर, बाटोमा पुगेपछि अस्पतालमा जान मान्नु भएन । कार क्रेमलिनमा जन–कमिसार परिषदको भवन अघि रोकियो । “हामी तपाईलाई बोकेर लान्छौं ।” “अँह.. म आफै हिड्छु …मेरो कोटमात्र फुकालि दिनोस । त्यसो भएपछि हिड्नलाई सजिलो हुन्छ।”
बहिनी मारिया हस्याङ फस्याङ गर्दै भर्याङ झरेर आउनु भयो, लेनिनले उनलाई सान्त्वना दिदै भन्नु भयोः “आँत्तिनु पर्दैन। मलाई केही भएको छैन । हातमामात्र अलिकति चोट लागेको छ ।” त्यसपछि लुनाचास्र्की क्रुप्सकायाको अनुसार भयग्रस्त आँखाले हेर्दै थिए, भन्नु भयो यसरी के हेरिरहनु भएको छ ? जाँच र आपसमा सरसल्लाह गरिसकेपछि डाक्टरहरुको निष्कर्ष थियोः “जिन्दगी र मृत्युकोवीच अलिकतिमात्र दूरी रहेको छ।”
र, यो ३० अगस्तबाट एक नयाँ कालगणना शुरु भयोः घाइते भैसकेपछि पहिलो दिन, दोश्रो दिन, पाँचौं दिन, …. “आज हामी सबैको केही आस पलायो,” लेनिन घाइते भएको दोश्रो दिन पेत्रोग्रादबाट भयभित हुँदै सोधीरहेकाहरुलाई लेनिनको साथी याकोव स्वेर्दलोव प्रतिउत्तर दिईरहेका थिए । यसले गर्दा ज्वरो त आयो तर लेनिन आफूलाई विजेताको अनुभव गर्नुभयो । अघिल्लो दिन त्यहीं, त्यही कोठामा काम पनि गर्न थाल्नु भयो ।
लेनिन आफ्नो हत्याको षडयन्त्रपछि पनि उत्तिनै शान्त भनौं कि अझ बढि नै शान्त कसरी रहन सक्नुहुन्थ्यो ? यसतो हमला एक वर्ष, एक महिना, एक दिन एक घन्टा पहिला पनि घट्न सक्थ्यो । तर यी सारा घटनाक्रमा लेनिन सामान्य तरिकाले रहेर काम गरिहनुभयो र आफ्नोलागि स्थायी खतराबाट डराउन उहाँले उचित मान्नु भएन ।
लेनिनले जब दोश्रोपटक देश छोड्नु परेको थियो, त्यो बेलाको बाटो फिनल्याण्डको खाडीमा जमेको पानीमाथिबाट गुज्रिनु परेको थियो । बरफको सतह राम्ररी जमेको थिएन एक ठाउँमा गोडाको दबाबले दबियो । र, कालोपानी फुटेरमाथि निस्किन थाल्यो । लेनिनलाई त्योबेला यत्तिमात्र सुझ्योः “उफ, कस्तो बेवकुफी ढंगले मर्नु परेको रहेछ ।”
अक्टुबर क्रान्तिभन्दा पहिला प्रहरी ब्वाँसाहरुबाट लुक्न बाध्ये हुनुहुन्थ्यो । ती दिनहरुमा उहाँले लेख्नु भएको थियोः “तपाई र मेरोवीचः “यदि म मारिन्छु भने तपाईंसित मेरो अनुरोध छ कि मेरो कापी “माक्र्सवाद र राज्य” लाई छपाई दिनु (त्यो स्टकहोममा छुटेको छ) नीलो रङको बाक्लो गाता भएको छ .. शर्त यो छ कि यो सब तपाई हामीवीचमात्र रहोस ।”
क्रेमलिनको करिडोरमा टहल्न निस्किनु भएको थियो, क्यामेराम्यानहरुले उहाँको प्रतिक्षा गरिरहेका थिए ।
सन १९१८ को १ जनवरी दिन .. उहाँ एउटा सभा सकेर स्मोल्नी फर्किरहनु भएको थियो । कारमा उहाँकोसाथमा बहिनी मारिया उल्यानोवा र स्विस सामाजिक जनवादी फ्रित्ज प्लाट्टेन पनि बस्नु भएको थियो । बाटोमा षड्यन्त्रकारीहरुले कारमा गोलि हाने । प्लाट्टेनले तुरुन्तै लेनिनको टाउको तल निहुराई हाले, एउटा गोली प्लाट्टेनको हातलाई तछारेर गयो । घाइते भएको १८ दिन पश्चात लेनिनले जन–कमिासार परिषदको बैठकमा भाग लिनु भयो । क्रेमलिनको करिडोरमा टहल्न निस्किनु भएको थियो, क्यामेराम्यानहरुले उहाँको प्रतिक्षा गरिरहेका थिए ।
१९ सेप्टेम्बरको इज्भेस्तिया समाचारपत्रले लेनिनको स्वास्थ्य अवस्थाको बारेमा यो बुलेटिन छाप्यो : “तापमान सामान्य छ । नाडीको प्रेसर ठीक छ” … बाँकी स्वयं लेनिनले लेख्नुभएको यस्तो टिप्पणी थियोः “यो बुलेटिनलाई पढ्ने र मेरो स्वास्थ्यको बारेमा थाहा पाएपछि तपाईंहरुले डाक्टरहरुलाई फोन गरेर र प्रश्न सोधेर कठिनाईमा नपारिदिनु होला–यही मेरो विनम्र प्रार्थना छ ।”
अनुवादः जय कार्की
माघ ६ गते २०८० साल
लेनिन शब्द चित्र
प्रगति प्रकाशन सन १९८७
हिन्दी अनुवाद … बुद्धिप्रसाद भट्ट