मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थल बन्दै काभ्रेको ताराखसे पोखरी
बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थल बन्दै काभ्रेको ताराखसे पोखरी

Thearaniko Times 1375+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

रोशी । प्राकृतिक तथा धार्मिक महत्व बोकेको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३, को ताराखसे पोखरीमा सार्वसाधारण र धार्मिक व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । जनैपूर्णिमा तथा गोने ङ्याको दिन झाँक्रीहरुको बाग्लो उपस्थितिका साथ पोखरी परिसरमा पूजापाठ तथा सेरग्याम संपन्न गरेका छन् ।

करिव २०० बढि झाँक्रीहरु (महिला/पुरुष) ले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि पुजा गरेका थिए । साथै बर्षभरी रोगी भईरहने, विरामी हुने, डराउनेहरुलाई सातो बोलाएर मन्छाउने काम गरेका थिए । बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थलको रुपमा विकसित हुँदै गरेको ताराखसे पोखरीको विशेषता थुप्रै छन् । जंगलको बीच भाग जहाँ पहाडको थुम्को अनि जमेको पानी पोखरीले सबैलाई अचम्मित तुल्याउँछ । ताराखसे पोखरी (सार ताईबा घ्योई) प्राचीन समयमा तारा खसेर खाल्डोको रुपमा  परिणत भएको र पछि नागहरु आएर बसेको भनाई बोन्बो (झाँक्री ) हरुको छ । 


यसैबीच तारा खसे पोखरीलाई थप ब्यवस्थित बनाउने कामले मुर्त रुप लिने क्रममा पोखरी क्षेत्रमा निर्माण गरिएको विभिन्न भौतिक संरचनाको आज जनैपूर्णिमाको अवसर पारेर गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्नु भएको छ । 

उद्घाटन पछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पालिका अध्यक्ष लामाले रोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न दुरदृष्टि बनाएर अगाडि बढेका छौँ भन्नुभयो। रोशी गाउँपालिकामा पर्यटन प्रवद्र्धनको लागि कहाँ कहाँ के के संभावना छ बिस्तृत अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न पहलकदमी लिएका छौं । सडक पूर्वाधारको पहुँच राम्रो छैन । तर पोखरी क्षेत्रलाई भने व्यवस्थित बनाउने काम थालिएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । ‘गाउँपालिकाभित्र रहेको धेरै पर्यटकीय स्थलहरु मध्ये यो पोखरी पनि एक ईतिहास बोकेको स्थल हो । यो पोखरीलाई व्यवस्थित गराउने काम सुरु भैसकेको र संघीय सरकारबाट एक करोड बजेट छुट्याएर काम गरेको जानकारी दिनुभयो। अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै व्यवस्थित भएको छ, उहाँले भन्नुभयो -अर्को वर्ष अझै सडकलाई थप व्यवस्थित गराउने छौँ ।


उपाध्यक्ष मिमबहादुर वाईबा (ज्वाला) ले गाउँपालिकाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । ‘हामीले सबै पक्षसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्न प्रयत्न गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको बलियो आधार पर्यटन नै हो । यसलाई टेवा पुर्याउन तारा खसे पोखरीले मद्दत गरेको छ ।’ उपाध्यक्ष वाईबाले भन्नुभयो ।  

वडा नम्बर ३ का वडाध्यक्ष धनजीत लामाले तारा खसे पोखरी वडाको मात्रै नभएर सिँगो गाउँपालिकाको पर्यटन विकासका लागि बलियो आधार भएको बताउनुभयो । उहाँले तारा खसे पोखरीको थुप्रै किम्बदन्ती र पौराणिक महत्व रहेको बताउँदै यसलाई युवा पुस्तासम्म पुर्याएर आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास गर्न पहल भएको बताउनुभयो । उहाँले संघीय सरकार बन्नुअघि पनि पुर्वाधार निर्माणको कामहरु भएको र संघीय सरकार गठनसँगै स्थानीय सरुगाउँपालिकाले तिव्रता दिएको जानकारी दिनुभयो। संघीय सरकारको १ करोड आर्थिक सहयोगमा पोखरी क्षेत्र वरिपरि रेलिङ लगाउनुका साथै दर्शनार्थीको सहजताका लागि सिँढी निर्माण गरिएको छ । पार्किङ, स्नान घर, आवास भवन, शौचालय, पिकनिक स्पट, पानी धारा लगायतको निर्माण गरिएको छ । 

यसको साथै ताराखसे पोखरीबाट बेथानचोक जोडिन ट्रेकिङ रुटको लागि निर्माण संपन्न भएको बताइयो।

समुन्द्री सतहबाट २५ सय ५० मिटरको उचारमा रहेको यो पोखरीमा जनैपुर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । यस वर्ष पनि साेमबार यहाँ विशेष मेला लागेकाे र मेला भर्न टाढाटाढाबाट सयाैंकाे संख्यामा भक्तजनहरु आएका थिए ।


प्राचीन समयमा सोही ठाउँमा आकाशबाट तारा खसेको ठाउँमा पानीको उत्पत्ति भई पोखरी बनेपछि सोही ठाउँको नाम रहन पुग्यो तारा खसे पोखरी । पोखरी वरिपरि यति धेरै घना जङ्गल छ तर पोखरीमा रुखबाट झरेको पात एउटा पनि देख्न पाइन्न । हेर्दा जत्ति नै कालो पानी देखेता पनि तर अञ्जुलीमा लिंदा निर्मल स्वच्छ पिउन योग्य हुन्छ । कतिपय बाटोमा हिड्ने बटुवा, गोठाला र घाँस दाउरा जानेहरु यही पोखरीको पानी पिई आफ्नो प्यास मेटाउँछन् । अग्लो शिरमा अनौठो किसिमले पानी पोखरी बन्नुमा त्यहाँ केही शक्ति रहेको अनुमान गर्न सकिन्छ।

यस लेकमा हजारौ प्रकारका जडिबुटीहरू पाईन्छन्, जसलाई मानव जीवनमा आएका विभिन्न रोगहरूलाई समेत निको पार्ने औषधीको रुपमा प्रयोग गर्दै आईरहेको छ । 

तीन धारा झरना पनि सोही लेकको एउटा उदाहरण मात्र हुन् । यसरी नै खोजीनिती गर्ने हो भने तीन धारा झरना, कमल पोखरी, घ्वाई झाङ, रानी पोखरी, म्हभीर, तारा खसे पोखरी, सीता पाइला, हात्ती आहाल जस्ता यहाँ कँयौं रमणीय ठाउँहरु रहेको छ ।सोही क्षेत्रमा पुग्नको लागि काभ्रेको सदरमुकाम धुलिखेल देखि ५०-५५ किलोमिटरको हारहारीमा पुग्न सकिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार