मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |
मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य य कला
डा.कडेलका दुई कृतिहरु लोकार्पित

Thearaniko Times 1394+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

काठमाडौं । शिक्षाविद् तथा साहित्यकार डा.सदानन्द कडेलका शैक्षिक आकाशका उज्ज्वल नक्षत्र र झुल्को आँखामा दुई कृति लोकार्पित भएका छन् । 

नेपाल स्रष्टा समाज,केन्द्रीय समितिको आयोजनामा शनिबार राजधानीमा आयोजित भव्य कार्यक्रमविच डा.कडेलका दुई कृतिहरु प्रा.डा.सुरेशराज शर्मा,प्रा.डा.वासुदेव त्रिपाठी, केदारभक्त माथेमा,प्रा.डा.विद्यानाथ कोइराला,प्रा.डा.मनप्रसाद वाग्ले,बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,प्रा.डा.अन्जना भट्टराई,प्रा.डा.बालचन्द्र लुइटेल लगायतले लोकार्पण गरे । 

दुई कृतिमध्ये शैक्षिक आकाशका उज्ज्वल नक्षण जीवनी बिम्ब हो भने झुल्को आँखामा गीतसङ्ग्रह हो ।

पुस्तक लोकार्पण पछि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहिसकेका प्रा.डा.सुरेश शर्माले आफ्ना अनुभूतिहरु शेयर गर्दै भने हामीले आफैंलाई राम्रो बनाउन खोज्यौं होला तर देशलाई राम्रो गर्न कसले सोच्यो । देश बनाउने भनेको के हो ?जे गर्छौं त्यो भैरहको छ,गरिरहेका छौं कि छैनौं बेलाबेलामा समीक्षा हुनुपर्छ । हामीले पढ्ने बेलामा उति सजिलै पढ्न पाइएन् । पाएका मध्येपनि देशमा बस्ने अवसर थिएन् । उनले अगाडि भने आफुले पढ्दा अनुसन्धान गर्न विदेश जान बाध्य भएँ । त्यसपछि त्रिविविमा सेवा गरें । यति महँगा उपकरण थिए कि देशमा त्यो उपलब्ध नै थिएन् । रसायनशास्त्र पढेको म राष्ट्रिय शिक्षा समितिमा काम गरें । रसायनशास्त्र व्यवहारमा उतार्न पाइन । विदेश जान मन लागेन् । उनले देश विग्रन लागेकोमा चिन्ता प्रकट गरे मूलुकमा भएको कुरा विग्रन पो लाग्यो कि भन्ने पीर अरुलाई जस्तै मलाई नि लागेको छ ।

त्रिविविका पूर्वउपकुलपति एवं पूर्व राजदुत केदारभक्त माथेमाले आफु शिक्षाक्षेत्रबाट भगाइएको मान्छे भन्दै नेपालले शिक्षाको सही बाटो नलिएकोमा चिन्ता प्रकट गरे । उनले भने सामुदायिक विद्यालय र शिक्षा वलियो बनाउनुपर्छ । सामुदायिक शिक्षाबाट नै हो समाज विकास हुने । तर यो कुनैपनि राजनीतिक पार्टीका नेताबाट सुनिएन । अहिले उच्च शिक्षामा पनि गडवडी छ । उच्च शिक्षामा राजनीतिकरण भएकोमा उनले आपत्ति प्रकट गरे ।

अर्का वक्ता प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.वासुदेव त्रिपाठीले विदेशिने संस्कृतिप्रति चिन्ता व्यक्त गरे । मेरो चाहाना थियो र अहिले पनि छ नेपाली भाषा सम्वृद्ध होस,शिक्षा विश्वस्तरीय होस् । शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले शिक्षा र साहित्यको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै निराश नहुन र आशावादी चेत जगाउन आग्रह गरे । प्रा.डा.विद्यानाथ कोइराला, नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा लोकार्पित कृति शैक्षिक आकाशका उज्ज्वल नक्षत्रमाथि प्रा.डा.बालचन्द्र लुइटेलले प्रकाश पारे । उनले अनुसन्धानमूलक ढंगले जीवनी लेख्न खोजिएको भन्दै कृतिको अनुसन्धानको क्षेत्रमा लाग्नेहरुको निम्ति महत्वपूर्ण भएको बताए । उनले विभिन्न विश्वविद्यालय,सिटिभिटी कसरी बन्यो भन्ने जान्न चाहानेको लागि जानकारीमूलक पुस्तक रहेकोले उच्च शिक्षामा आधूनिकीकरणको विषय समेत यसमा रहेको हुँदा अनुसन्धानको लागि सन्दर्भ सामाग्री हुनसक्नेमा जोड दिए । 

गीतसंग्रह झुल्को आँखामा बारे आफ्नो धारणा राख्दै प्रा.डा.अन्जना भट्टराईले चार अध्यायमा गीतहरु रहेको आमाप्रति समर्पित,थातथलोको स्मरण,महिलाका पीडाहरु,प्रेम लगायतका विषयहरुमा गीतहरु रहेको बताइन । उनले बालगीतहरु पनि कृतिले समेटेको जानकारी दिइन । ६० वटा गीत भएको पुस्तकमा प्रेम,लोककाव्य गीत प्रकृतिका बिम्बहरु रहेको बताइन्।

कृतिका स्रष्टा डा.कडेलले रचनागर्भबारे आफ्नो अनुभव र अनुभूति सुनाए । 

कार्यक्रमका अध्यक्ष रोदनले शैक्षिक क्षेत्रमा वाहिर प्रकाशमा नआएका धेरै कुराहरु जीवनी बिम्बले ल्याएको भन्दै जीवनी लेख्ने फेसन बनेको वर्तमान समयमा भ्रष्टाचारीहरु हत्कडी पटक पटक लगाएर जेल चाहार्नेहरु पैसा खर्चेर अरुलाई जीवनी लेखाउँने प्रचलन बढेको अबस्थामा मुलुककै शैक्षिक क्षेत्रलाई उठाउन जीवनभर लागिरहेका व्यक्तित्वहरुको बारेमा यस प्रकारको जीवनी आउनु गौरवको विषय हो । भन्दै प्रकाशनको अबसरको लागि उनले स्रष्टालाई धन्यवाद दिए । 

समाजकी कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेका थिए । 

शैक्षिक आकाशका उज्ज्वल नक्षत्रलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो भने झुल्को आँखामालाई इन्दिरा लामिछाने उपाध्यायले प्रकाशन गरेकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार