मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

विद्रोही कवि राजु स्याङ्तानको ओ पेङ्दोर्जे कविता यात्रा बनेपामा

Thearaniko Times 1394+ समाचार ( )
१७ असार २०८०, आइतबार

तिमी वैभवले रङ्गिएको

ऐश्वर्यको ईन्द्रनगर खोज्ने कुरा गर्छौ

म एक मुक्त मान्छेसहितको

खुसीको संसार खोज्ने कुरा गर्छु

तिमी उन्मत्तको बुई चढेर

बादलमा कावा खाने कुरा गर्छौ

म फाटिएका मनहरू सँगाल्दै

समानताकाे टुकी बाल्ने कुरा गर्छु

तिम्रो हृदयमा कल्पने तिर्सना फरक

मेरो हृदयमा धड्कने सपना फरक

तिमी अघाएका मान्छेहरू झुम्ने धुन राम्रो भन्छौ

म भोकाएका मान्छेहरूको जून राम्रो भन्छु । 

(एउटा प्रश्नपत्र)

कवि राजु स्याङ्तानका कविताहरूले जिउँदा मान्छेहरूको छातीमा सिरिङ्ग काँडा उमार्छ । एउटा विद्रोहको दस्तावेज फुकाउँछ । त्यो दस्तावेज इतिहासको पानामा काजीहरूले पाजी पारामा लेखेर हुँदैन । त्यो जस्ताको तस्तै हुनुपर्छ भनेर विद्रोहको ज्वाला ओकल्छ । हो, यस्तो पो हो कविता । यस्ता जन्मनुपर्छ कवि । युगयुगमा जन्मिरहून् ।

अल्छी लागेर हाई काढेर, पुर्पुरोमा हात लगाएर बसेकाहरूको पिँढीमा आई चरी अमिलोको डाँक्ला चबाउँदै कविताको स्वर लहरीमा इतिहासको व्याख्या कहून् । वर्तमानको दुःख दर्शाऊन्, भविष्यको बत्ती बालून् । हिजो बनेपामा कवि राजु स्याङ्तानले बाचन गर्नुभएको कविताहरुले यस्तै आगो ओकलेको थियो।

यता कवि राजु स्याङ्तानद्वारा लिखित  ओ पेङ्दोर्जे ! कविताका विषयमा  वरिष्ठ साहित्यकार मोहन दुवाल भन्नुहुन्छ- कवितामा कवि स्याङ्तानले  राज्यसत्ता विरूद्धको विद्रोही आवाज बोकेको, जनताको पीडा जनताले बुझ्ने सरल भाषामा समेटिएको, विम्ब, संकेतलाई राम्रोसंग प्रयोग गरेको छ। 

यसैगरी निबन्धकार तथा समालोचक कुमारी लामाले कविताले तामाङ्ग जातिहरूको ईतिहासको उत्खनन गरेको दाबी गर्नुभयो । ‘कवितामा प्रश्न उठाईएको छ । कविताले विद्रोहको ठूलो आवाज उजागर गरेको छ । छायामा परेका, पुल मुनिका कथा, सिमान्तकृत वर्गको आवाज बुलन्द पारिएको, भुईमान्छेको कथा समेटिएको छ । पहिचानको कुरा समेटिएको छ । रैथाने परम्परालाई उजागर गरिएको छ । सांस्कृतिक पहिचानको कुरालाई उठाएको छ । विचारको खेती बढी छ ।’ लामाले भन्नुभयो ।

जात र लिंगलाई समेत कवितामा कवि स्याङतानले उचित स्थान दिएको छ । तामाङ समुदायको दमनपूर्ण ईतिहास सशक्त ढंगले कविता मार्फत बाहिर ल्याउन कोशिस कवि स्याङ्तान गर्नुभएको छ । 

‘अझै पनि धेरै करा छुटेको छ । कवितामा सक्लो पेङ्दोर्जे भेटाउन भने मुस्किल छ । कवितामा माधुर्यता भेटाउन गाह्रो छ, कर्कश रहेपनि उठान निकै राम्रो रहेको छ । फेरिदो विभेदका रेखा घनिभूत रुपमा कविता मार्फत बाहिर ल्याउने कोशिस गरिएको छ । यो कवितामा छुटेका कुरा अर्को कवितामा पक्कै पनि समाहित हुनेछ ।’ लामाले भन्नुभयो । कार्यक्रममा काभ्रेका उदियमान युवा कवि अर्पण उत्कर्षले ओ पेङ्दोर्जे कविताको बारे सहजिकरण गर्नुभएको थियो।

बनेपामा नेपाल तामाङ घेदुङ काभ्रे र नेपाल आदिवासी जनजाति महासंघ काभ्रेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा हरिश्चन्द्र लामाको अध्यक्षता र राज लामाको स्वागत मन्तव्यका साथै काभ्रे र राजधानी काठमाण्डौमा रहेर साहित्यक कर्ममा लागिरहेका विभिन्न ब्यक्तिहरु उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार