मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बागमती उपसभामुखमा काभ्रेली चेली चापागाईं

Thearaniko Times 1394+ समाचार ( )
३ माघ २०७९, मङ्गलबार

हेटौंडा/वागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाईं निर्वाचित भएकी छन् ।

प्रदेशसभामा सोमबार साँझ सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाईं उपसभामुख निर्वाचित भएकी हुन् । उनले ६१ मत प्राप्त गरेको प्रदेशसभा सभामुख भुवन पाठकले जानकारी दिए । उनले एमालेको २७, माओवादीको २१, राप्रपाको १२ र हाम्रो नेपाली पार्टीको २ मत प्राप्त गरेकी हुन् ।

उपसभामुख चयनका लागि प्रदेशसभा बैठकमा भएको मतदानमा चापागाईंको विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सदस्य तटस्थ बसेका थिए । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसद्समेतको मत प्राप्त गरिन् । चापागाईंलाई माओवादी सांसद् कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक थिए ।

प्रदेशको उपसभामुख उम्मेदवार गीता काफ्लेले ३ मत पाएकी थिइन् । उनको विपक्षमा ६१ सांसद्ले मतदान गरे भने र तटस्थमा ४४ सांसद् रहे । उनको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा सृजना सैंजु थिए । मतदानका क्रममा १ सय ८ सांसद् उपस्थित थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने निर्वाचन भएन । उपसभामुखमा सत्ता गठबन्धनबाट एमालेकी चापागाईं, नेपाली कांग्रेसकी परियार र नेपाल मजदुर किसान पार्टीकी काफ्लेले मनोनयन दर्ता गराएका थिए । निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिकमा निर्वाचित भएकी हुन् । उपसभामुखमा निर्वाचित उनले आफूले पाएको मतको कदर गर्ने बताइन् । नवनिर्वाचित उपसभामुख चापागाईंको सपथ मंगलबार हुने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

२०७७ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले डा। विष्णुराज उप्रेतीको संयोजकत्वमा नेपाल–भारत सीमासम्बन्धि प्रमाण संकलन कार्यका लागि गठन गरेको ‘विज्ञ समूह’ को सदस्यमा चापागाईं पनि थिइन् । 

सामुदायिक बनकी अभियन्ता उनी सामुदायिक बन उपभोक्ता महासंघकी पूर्वअध्यक्ष र कफसन नेपालकी निवर्तमान अध्यक्ष हुन् । उनी एमालेकी प्रदेश सदस्य र कार्यालय सचिव हुन् । उनी हिमालयन नेपाल फाउण्डेसनकी उपाध्यक्ष छिन् ।

सदनमा एस तटस्थ

सरकार गठनमा समर्थन गर्दै आफंै सरकारमा सहभागी हुन इच्छा देखाइरहेको एकीकृत समाजवादीले सभामुख तथा उपसभामुखका लागि भने मत दिएन । शुक्रबार भएको सभामुखको निर्वाचनमा तटस्थ बसेको समाजवादी सोमबार उपसभामुखको निर्वाचनमा पनि तथस्ट बसेको छ ।

सरकारलाई समर्थन गर्नु र सदन जस्तो ऐन निर्माण गर्ने थलोलाई समर्थन गर्नुमा फरक विषय भएको बताउ“दै उपसभामुखको निर्वाचनमा पनि तटस्थ बसेको एकीकृत समाजवादीले उपसभामुखलाई पनि मत नदिएको उक्त दलका संसद् कृष्णप्रसाद शर्माखनालले बताए ।

‘सरकारलाई समर्थन गरेका हौं । यसको अर्थ हरेक कुरामा समर्थन गर्नुपर्छ भन्ने होइन । सभामुख निर्वाचनमा जसरी नै बैठकमा सहभागी भयौं । तर तटस्थ बस्यौं,’ खनालले भने । मंगलबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रममा भने एकीकृत समाजवादी सहभागी भएर विश्वासको मत दिने उनले बताए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार सदनबाट विश्वासको मत लि“दै छन् । त्यसअघि सबै प्रक्रिया टुंगिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार