मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

परंपरागत राजनीतिले अघि बढ्न सकिन्न, नयाँ दल र सांसद पूँजी हुन्-प्रचण्ड

Thearaniko Times 1403+ समाचार ( )
२५ पौष २०७९, सोमबार

काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा संबोधन गर्ने क्रममा रोष्ट्रममा उभिएका प्रधानमन्त्री दहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसदको भूमिकामा पनि प्रश्न उठ्ने बताए ।

“जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसदको सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी निरन्तर जनताको निगरानीमा छौँ ।”

प्रचण्डले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन्। उनले भने, ‘हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ। जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ। यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो।’

परम्परागत अभ्यास र राजनीतिबाट अब जनतामाझ जान सक्ने स्थिति नभएको बताए। फरक पृष्ठभूमिबाट आएपछि विकास निर्माण र सुशासनमा साझा एजेण्डा हुने बताए।

उनले भने, ‘हामीलाई अहिले समस्यामा अल्झिने छुट छैन। संसदमा नयाँ दलहरूको पनि प्रवेश भएको छ। नयाँ अनुहारहरू थपिनुभएको छ। म मनैदेखि भन्न चाहन्छु तपाईँहरूको प्रवेश लोकतन्त्रको जित हो। तपार्ईहरुलाई केही गर्ने हुटहुटी छ। त्यो संसद्को नयाँ पूँजी हो। तपाईँहरूको आवेग रचनात्मक हुनेछ।’

गरे के हुन्न भन्ने आशा जगाएर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित हुने बताए। उनले राष्ट्रिय एकतालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार