मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

परंपरागत राजनीतिले अघि बढ्न सकिन्न, नयाँ दल र सांसद पूँजी हुन्-प्रचण्ड

Thearaniko Times 1375+ समाचार ( )
२५ पौष २०७९, सोमबार

काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा संबोधन गर्ने क्रममा रोष्ट्रममा उभिएका प्रधानमन्त्री दहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसदको भूमिकामा पनि प्रश्न उठ्ने बताए ।

“जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसदको सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी निरन्तर जनताको निगरानीमा छौँ ।”

प्रचण्डले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन्। उनले भने, ‘हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ। जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ। यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो।’

परम्परागत अभ्यास र राजनीतिबाट अब जनतामाझ जान सक्ने स्थिति नभएको बताए। फरक पृष्ठभूमिबाट आएपछि विकास निर्माण र सुशासनमा साझा एजेण्डा हुने बताए।

उनले भने, ‘हामीलाई अहिले समस्यामा अल्झिने छुट छैन। संसदमा नयाँ दलहरूको पनि प्रवेश भएको छ। नयाँ अनुहारहरू थपिनुभएको छ। म मनैदेखि भन्न चाहन्छु तपाईँहरूको प्रवेश लोकतन्त्रको जित हो। तपार्ईहरुलाई केही गर्ने हुटहुटी छ। त्यो संसद्को नयाँ पूँजी हो। तपाईँहरूको आवेग रचनात्मक हुनेछ।’

गरे के हुन्न भन्ने आशा जगाएर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित हुने बताए। उनले राष्ट्रिय एकतालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार