मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |


कराँतेतर्फ बनेपालाई - ६ पनौतीलाई -३ स्वर्ण पदक, बजेट अभावका बीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संपन्न हुँदै

Thearaniko Times 1372+ समाचार ( )
२९ पौष २०८०, आइतबार

बनेपा, २९ पुस । आज १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज समापन हुँदैछ । भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो, कबड्डी र उसु खेल गरी ६ वटा विधामा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँतेतर्फ बनेपा नगरपालिका प्रथम - ६ स्वर्ण, ४ रजत, ५ कास्य र पनौती नगरपालिका दोस्रो - ३ स्वर्ण, १ रजत, २ कास्य पदक प्राप्त गरेको छ ।


जिल्ला खेलकुद बिकास समिति काभ्रेपलाञ्चोकको आयोजनामा शुक्रवारदेखि सुरु भएको खेलमा जिल्लाका १३ वटा नै पालिकाबाट गरी करिब ९५० जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिइरहेको छ । त्यसरी प्रतियोगितामा सहभागि भईरहँदा बजेट अभाव रहेको आयोजकले जनाएको छ । 

बनेपाका खेलप्रेमी युवा भेषराज शाह विकासको नाममा सडक, भवन, शिक्षा र स्वास्थ्यलगायतका विषयमा मात्रै देखेर बजेट विनियोजन गर्ने गरेकोमा अब खेलकुद क्षेत्रमा पनि उतिकै प्राथमिकता दिएर बजेट व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुहुन्छ । खेलाडी राष्ट्रको गहना भनिरहेपनि खेलाडीहरु नाङ्गो खुट्टाले बगर र घाँसे मैदानमा खेल्नुपर्दा सोचेजस्तो विकास गर्न असम्भव हुने भन्दै खेलक्षेत्र राज्यको प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

बनेपा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सचितानन्द केसीले समिति स्थापना भएको करिब ३२ बर्षपछि बल्ल खेलाडीहरुको आफ्नै भवन निर्माण भएको बताउनुभयो । खेल विकासको लागि योजना बनाउने र प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने समितिको भवन बल्ल बनेपनि खानेपानीको अभावकै बीचमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता देखिएको बताउनुभयो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले विद्यार्थीहरुलाई शिक्षासंगै खेलकुदको विकासका साथै नृत्य प्रशिक्षणका लागि प्रशिक्षक व्यवस्थापन गर्दै खेलकुदको क्षेत्रमा पालिकाले बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो । पालिकाले यसैबर्षबाट योग खेलकुदको लागि प्रशिक्षक व्यवस्था गरेर अध्ययनसंगसंगै विकास गर्ने अभियानमा जुटेको जानकारी दिनुभयो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले अहिले पनि बनेपा नगपालिकाभित्र पर्याप्त खेल पूर्वाधारहरु नभएको अवस्थामा खेलाडीहरुले जसोतसो खेल प्रशिक्षण लिदै आएको बताउनुभयो । २०३८ सालबाट नगरपालिका बनेको बनेपामा २०७४ पछि अहिले दोस्रो कार्यकालसम्म आईपुग्दा पनि व्यवस्थित खेलमैदान निर्माण गर्न नसकेको बताउनुभयो । पर्याप्त जमिन नहुँदा योजना भएपनि सम्भव नभएको उहाँले बताउनुभयो । भएको केही ठाउँ जंगल क्षेत्र पर्ने र त्यहाँ वन कार्यालयले छुन नदिने अवस्था रहेको कारण खेल विकासमा बाधा पुगेको उहाँको गुनासो छ । ‘गएको बर्षमा पनि धेरै खेलकुदको कार्यक्रमहरु आयोजना गरिएको थियो ।’ उहाँले भन्नुभयो, ‘कराँते, तेक्वान्दो र भलिबल जस्ता खेल सानो ठाउँमा गर्न सकेपनि फुटबल लगायतका अन्य खेल आयोजना गर्न सकिने अवस्था छैन ।’

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले कम बजेटले नियमित रुपमा गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । खेलकुद विकासको लागि भूमिका खेल्नुपर्ने खेलकुद क्षेत्रमा नियमित कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड बाहेक अरु शिर्षकमा बजेट नै नहुने भएकाले समग्र खेल क्षेत्रको विकासका लागि पनि त्यसरी नै बजेट व्यवस्थापन गर्न राज्यले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलकुदको पर्याप्त विकास नगरिकन अनुशासित समाज निर्माण हुननसक्ने भन्दै देश संघीयतामा गएसंगै प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासमा फड्को मार्दै गएको बताउनुभयो । प्रदेश खेलकुद विकास ऐन बनाएर अहिले प्रदेश खेलकुद विकास परिषद् गठन गरेर खेलक्षेत्रमा काम गर्दै आएको उहाँ बताउनुहुन्छ । अरु प्रदेशहरुमा अझैपनि बागमती प्रदेशमा जस्तो खेलकुदका गतिविधि सञ्चालन नभएको बताउँदै उहाँले प्रदेश परिषद्ले अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो । खेलकुद स्वास्थ्यदेखि आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्ध भएकाले राष्ट्रको मुल नारालाई स्थापित गर्न बजेट कम भएपनि पहिलाको भन्दा पछिल्लो समयमा बजेटको आकार बढाउँदै लगेको बताउनुभयो ।

प्रदेश सरकारले शिक्षा नीति तयार गर्दै गर्दा विद्यालयहरुलाई आवासिय मोडेलमा लाने र माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा खेल प्रशिक्षक राख्ने व्यवस्थासहित शिक्षा नीति तय गर्ने तयारीमा रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार