मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
एमाले महाधिवेशन : ओली पक्षको ठूलो जित, शीर्ष नेतृत्व तय

Thearaniko Times 1401+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनको चुनावी मत परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अधिकांश पदाधिकारी अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट विजयी भएका छन्।

अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन्। महासचिवमा कडा प्रतिस्पर्धा भए पनि शंकर पोखरेलले दुई सयभन्दा बढी मतको अन्तरले अग्रता कायम राखेका छन्।

उपाध्यक्षमा पाँच जना विजयी भएका छन्। पृथ्वी सुव्बा गुरुङ १७३७ मत, विष्णु प्रसाद पौडेल १६७५, रामबहादुर थापा ‘बादल’ १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत प्राप्त गरी पद सुनिश्चित गरेका छन्।

उपमहासचिवमा लेखराज भट्ट १४५२ मत, रघुवीर महासेठ १३६८ मत, र योगेश भट्टराई १३४८ मतसहित विजयी भएका छन्।

सचिवमा पनि प्रतिस्पर्धा कडा भएको थियो। महेश बस्नेत १५४४ मत, छविलाल विश्वकर्मा १५०६, पद्मा कुमारी अर्याल १५३०, शेरधन राई १५०३, हिक्मत कुमार कार्की १३३७, खगराज अधिकारी १३३१, यमलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मतसहित विजयी भएका छन्।

पदाधिकारी टिमको अन्तिम सूची

अध्यक्ष: केपी शर्मा ओली

उपाध्यक्ष: पृथ्वी सुव्बा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट, र रघुजी पन्त

महासचिव: शंकर पोखरेल

उपमहासचिव: लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई

सचिव: महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार