मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

फोनिज काभ्रे शाखाको भेला सम्पन्न

Thearaniko Times 1394+ समाचार ( )
१९ फाल्गुन २०७९, शुक्रबार

बनेपा । नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । फोनिज केन्द्रीय कार्य समितिको परिपत्रअनुसार नीति तथा विधान सम्मेलनका लागि जिल्ला शाखाले भेलाको आयोजना गरेको हो ।

 भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा फोनिजका केन्द्रीय सदस्य एव बागमती प्रदेश इन्चार्ज पेमा लामाले फोनिजको नीति तथा विधान सम्मेलनमा जिल्लाहरुको सुझावलाइ उचित सम्बोधन गर्दै महत्वपूर्ण सुझावहरुलाइ नीति तथा विधानमा समेट्ने बताए । फोनिजको बिधान जस्तो  बिषयलाइ केन्द्रीकृत मात्र नगराइ समाबेशिता र जिल्लाका समस्याहरुलाइ पनि समेट्ने उदेश्यले जिल्ला र प्रदेशमा भेला बसि सुझव पठाउन सर्कुलर गरेको लामाले बताए ।

कार्यक्रममा सहभागी वक्ताहरुले फोनिजलाई सुदृढीकरण, फोनिजकर्मीहरुको हकहित, पेसागत सुरक्षा, सदस्यतामा व्यवस्थापन र अभिमूखीकरणलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ ।आदिवासी जनजाति पत्रकारहरुको सक्रियतालाई बढाउन पत्रकार पुर्नताजकी आवश्यक रहेको बताएका छन् । 

उत्कृष्ट नीति तथा विधान निर्माणका लागि फोनिजको सङ्स्थागत तथा फोनिजका महिला पत्रकार, सिमान्तकृत पत्रकार, अल्पसंख्यक पत्रकार लगायतहरुसङ्ग छुट्टाछुट्टै समिक्षाका लागि  छलफल गरिरहेको उनको भनाइ छ ।

आदिवासी जनजाति पत्रकारहरुको हितको नीति तथा बिधान निर्माणका लागि बागमती प्रदेशले पनि भेला राखेको बागमती प्रदेश सचीव शिशिर लामाले बताए ।आफू के हो ? र आफ्नो धरातल के हो भनेर बुझेर फोनीजले नीति तथा बिधान बनाउनु पर्ने प्रेस सङ्गठन नेपालका सचिव ग्याम्जो थोकरले बताए । फोनीजको विधान आफैमा उत्कृष्ट रहेको अझ राम्रो बनाउन लाग्नु अति राम्रो काम भएको भन्दै पस्तावनामा देशको लागि वलिदानी दिएको सहिदको सम्मन पनि समेट्नु पर्ने थोकरले धारणा राखे ।

त्यसरी नै फोनिजकर्मी उजाड रक्तिम,मण्डनदेउपुर नगरपालिका ११ का  वडाध्यक्ष तथा फोनिजकर्मी दिपेन्द्र लामा, तामाङ पत्रकार संघका केन्द्रीय सचिव जगतमान वल, प्रेस संगठन काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सबुद्धकुमार श्रेष्ठ, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ, नेवा पत्रकार राष्ट्रिय दवुका सचिव बिपस्ना शाक्य, जित बहादुर लामा लगायतले फोनिजले आफ्नो नीति तथा बिधान समय अनुसार परिमार्जन गर्दै जानू राम्रो कुरा बताए । सबै बिधाका मिडिया र समुदायलाइ समेटेर उत्कृष्ट नीति र बिधान बनाउन शुभकामना दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा र सचिव सुरज श्रेष्ठले सन्चालन गरेको सो कार्यक्रममा सदस्यहरुले विभिन्न सुझावहरु राखेका छन । फोनिजले आगामी फागुन २७ र २८ गते मधेस प्रदेशमा नीति तथा बिधान सम्मेलन राखेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार