मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पत्रकारमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग

Thearaniko Times 1394+ समाचार ( )
९ वैशाख २०८०, शनिबार

काठमाडौँ । समाजवादी प्रेस संगठन काठमाडौँले एक विज्ञप्ति गर्दै पत्रकार आशिष गुरागाइमाथि भौतिक आक्रमण गर्ने व्यक्ति समूहलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

समाजवादी प्रेस संगठन उपत्यका कमिटिका सचिव समेत रहेका गुरागार्इलाई बुढानीलकण्ठ नगरपालिकास्थित कपनमा कुटपिट गरेको भन्दै प्रेस संगठनले दोषीमाथी कडाभन्दा कडा कारवाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित पक्षसंग माग गरेको हो । सार्वजनिक जग्गा अतिक्रमणको विषयमा समाचार लेखेको भन्दै बिहिवार वेलुका कपनमा रामकुमार पोखरेल नाम बताउने व्यक्ति सहित अन्य दुई जना व्यक्तिले पत्रकार गुरागाइमाथी भौतिक आक्रमण गरेको बताएको छ ।

समाचार संकलन तथा संप्रेशनमा अवरोध पु¥याउने गलत नियतले पत्रकारमाथि आक्रमण भएकोप्रति खेद प्रकट गर्दै समाजवादी प्रेस संगठन काठमाडौँ जिल्ला कमिटीले प्रेस विज्ञप्ति निकालेको हो । उक्त विज्ञप्तिमा जिल्ला अध्यक्ष भीम लामाले पत्रकारमाथि भौतिक रुपमा आक्रमण हुनु निन्दनीय भएको बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

समाचारकै विषयमा पत्रकारमाथी अपराधिक मनोवृत्तिले भौतिक आक्रमण गरेको कार्यले आम पत्रकार र पत्रकारिता जगतमै गम्भीर प्रश्न उव्जाएको छ । सार्वजनिक जग्गा अतिक्रमणबारे समाचार लेखेकै भरमा उनीमाथी हिंसात्मक शैलीले आक्रमण गरेको भन्दै अपराधीलाई कडा कारवाही सहित पत्रकारलाई क्षतिपूर्तिको माग गरेको छ । पत्रकारमाथी भौतिक आक्रमण बढ्दै जानु स्वतन्त्रपूर्वक सञ्चार पेशा गर्नेहरुको सुरक्षामा खतरा बढ्दै जाने संकेत देखिन्छ । समाचारमा चित्त नबुझे बहस, छलफल तथा उजुरीका लागि नेपाल प्रेस काउन्सिल लगायत थुप्रै निकायहरु हुँदाहुँदै पत्रकार आशिष गुरागाइमाथी भएको घटना सञ्चार जगतलाई नै ठाडो चुनौति सावित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार