मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बालकुमारी घटनामा २ को मृत्यू, ५० भन्दा बढी पक्राउ, ३ सदस्यीय छानबिन समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं/ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा संलग्न आरोपमा पक्राउ पर्नेहरुको संख्या ५० नाघेको छ ।  पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ । 

मन्त्री चढ्ने गाडी प्रदर्शनकारीले जलाएसँगै प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । दैलेख घर भएका सुजन रावत र डोटी घर भएका विरेन्द्र शाहको मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। 

आन्दोलनका क्रममा मृत्यु भएका दुईमध्ये एक युवकको अश्रुग्याँसका कारण मृत्यु हुनसक्ने प्रहरीले बताएका छन् । प्रहरीले अश्रुग्यास सेलले छातीमा लागेको बताए।'टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको हो,' ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी कार्कीले भने ।

बालकुमारीमा अचेत अवस्थामा भेटिएका ती युवकलाई किस्ट अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि मृत घोषित गरिएको हो । उनको शरीरमा गोलीको घाउ नभेटिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।चिकित्सकहरूका अनुसार किस्ट अस्पतालमा मृत्यु भएका युवकको छातीमा निलो डाम मात्र भेटिएको छ । पोस्टमार्टमपछि मात्र मृत्युको कारणबारे खुल्ने चिकित्सकहरूले बताएका छन् । मृतकको नाम सुदन राउत रहेको एसपी कार्कीले बताए ।

सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी गरेपछि शुक्रवार दिउँसो बालकुमारीमा झडप भएको थियो  । यसक्रममा प्रहरीले अश्रुग्यास हानेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार