मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |
मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |

बनेपा -६ स्थित् गोसाइँस्थानमा जनैपूर्णिमामा लाग्ने मेलाको तयारी पूरा
बनेपा -६ स्थित् गोसाइँस्थानमा जनैपूर्णिमामा लाग्ने मेलाको तयारी पूरा

Thearaniko Times 870+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमा अर्थात् भदौ ३ गतेको जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा लाग्ने मेलाको आवश्यक तयारी पुरा भएको जनाएको छ । 

रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग यहाँको गोसाइँस्थानको महत्व जोडिएका कारण पनि यसलाई धार्मिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा लिइन्छ । बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थी आउने गर्छन् ।

गत वर्षभन्दा यसवर्ष गोसाइँस्थानमा भक्तजनको उल्लेख्य वृद्धि हुने गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताए । मेलाको क्रममा बनेपाको बुडोलदेखि नै सडक दायाँबाँया व्यापारिक चहलपहल पनि निकै हुने गर्छन् । मेला व्यवस्थापन अन्तर्गत वडाको सहयोगमा रंगरोगन गर्नुका साथै खानेपानी, बत्ती जडानका साथै सुरक्षाको लागि प्रहरी तथा स्वयम् सेवक परिचालन हुने र स्वास्थ्य डेस्क समेत राखिने जानकारी गोसाईस्थान संरक्षण समितिका उपसचिव राजु मानन्धरले दिनुभयो । 

उक्त स्थानमा हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म–संस्कार अनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बान्ने प्रचलन छ ।

जात्रामा महिला र पुरुषबीच दोहोरी गीत गाउने चलन पनि छ । धार्मिक आस्थाका हिसाबले निकै महत्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत देशका विभिन्न भेगबाट भक्तजन आउने गर्दछन् ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बुढापाका बताउँछन् । ‘गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गर्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ’, स्थानीय समाजसेवी तथा पुर्व वडाध्यक्ष भैरव केसीका अनुसार 

परापूर्वकालको भाद्र पूर्णिमाकै दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको हलाहल विष बाहिर निस्कियो त्यो विषलाई श्री महादेवले सेवन गरेपछि विष सेवनले छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लागेका थिए । त्यही क्रममा महादेवको पहिलो बास बनेपा-६, गोसाईकुण्डमा बस्नुभएको र बास बस्ने क्रममा राती नजिकै सुंगुर कराएको आवाज सुनेपछि त्यही राती नालाको नगरकोट र हिले जलजले माथि हालको महादेव पोखरीमा बास बस्न पुगे । त्यहाँ पनि भाले बासेपछि रसुवाको गोसाइँकुण्डमा पुगेको र त्यहाँ त्रिशुलले घोपेर पानी निकालि पिडा शान्त पारेको कथन छ। सतिदेवी मरेको बेला लास बोकेर पुनः महादेव गोसाईंस्थान आएका थिए । त्यहाँ पनि सतिदेवीको एक अंग पतन भयो र शैलेश्वर महादेवको उत्पति भयो । सतिदेवीको अंग पतन भएको स्थानमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ। 

सिद्द बाबा रमेश गिरीले धनेश्वरमा पुराण लगाउने क्रममा गोसाईस्थानमा उज्यालो प्रकाश चम्किरहेको देखेको र पछि बाबाले भनेको ठाउँमा खनेर हेर्दा शिवलिङ्ग भेटिएको भनाइ शैलेश्वर महादेव गोसाइँस्थान संरक्षण समितिका पुर्व अध्यक्ष भैरव के.सी.को रहेको छ।

काभ्रेपलाञ्चोकको पुरानो मानिने बजार बनेपाबाट उत्तर–पूर्वीतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको उक्त ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भका कारण यो डाँडा प्रसिद्ध छ ।


बढ्दो शहरीकरणको कोलाहलबाट नजिकै रहेको हरियाली वनजङ्गलको बीचको अग्लो मनमोहक स्थान भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रुपमा रहेको चर्चा कमाउँदै आएको छ ।

उक्त ठाउँमा पछिल्लो वर्षदेखि पर्यटकको आवागमनमा समेत वृद्धि हुँदै गएको पाइन्छ । पर्यटकीय पूर्वाधार पिकनिक स्पट तथा सडक, पानी, बिजुलीको सुविधाका साथै थप भौतिक संरचना निर्माणले भने आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएकाे बनेपा -६ का वडाध्यक्ष सचितानन्द केसीले बताउनुभयो। उक्त स्थानमा हरेकदिन दृश्यावलोकन स्तम्भ (टावर)चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउँछन् । साथै उक्त टावरबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको समेत दृश्यावलोकन गर्न सकिने भएकोले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास सकिने तथा काठमाडौं उपत्यकाबाट समेत मात्र २५ किलोमिटरको दुरी रहेको र समुद्री सतहबाट ५००० मीटर उचाईमा रहेको गोसाइँस्थानमा अरनिको राजमार्गबाट ५०० मिटर मात्र माथि रहेको गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ क्षेत्र जाने पक्की सडक, चण्डेश्वरीबाट २२०० सिँढी निर्माण र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ', बनेपा–६ का वडाध्यक्ष सचितानन्द के.सी.ले भन्नुभयो । बिहान मर्निङ वाक जानेहरुको लागि लक्षित गर्दै व्यायाम गर्ने स्थानहरुको निर्माण गरिएकाे छ।

वडाध्यक्ष के.सी.का अनुसार उक्त स्थानमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा पनि राखिएको छ । भजन गर्ने भवन, पक्की शौचालय निर्माण भइसकेको छन् भने उद्यान निर्माणको तयारी भइरहेको छ । गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । धुलिखेलस्थित अरनिको राजमार्गदेखि धुलिखेल गोसाइस्थान हुदैकाशी भन्ज्याङ्ग सम्मको बाटो पक्किहुने क्रम जारी छ । यहाँबाट हाइकिङ गर्दै नगरकोट पुग्न सकिन्छ । तिमाल, नमोबुद्ध, धुलिखेल, गोसाइँस्थान, काशिभञ्ज्याङ हुँदै नगरकोट जोड्ने ट्रेकिङ मार्ग निर्माणको लागि बजेट विनियोजन भइ काम समेत शुरु भइसकेको छ। यो पवित्र र्तीर्थस्थल तथा पर्यटकीय स्थल बनाउन नगरपालिका र वडाले डिपिआर तयार गरी बहुवर्षीय योजनामा समावेश भई बजेट विनियोजन समेत भइ कार्यन्वयनको चरणमा रहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार