मुख्य समाचार
उपाध्यायको उपन्यास ऐंजेरुको लोकार्पण | समाजवादी मोर्चाको कार्यक्रमप्रति खनालको असन्तुष्टि | आन्तरिक पर्यटन/देशदर्शनमा मेरो एउटा हुटहुटी भनौं कि दुस्साहस ? ७७ जिल्ला एकै घुमाईमा बाईकबाट घुम्ने | बुद्ध जयन्तीको अवसरमा 'समकालीन नेपाली कविताका स्वरहरू' | काभ्रे सेवा समाजले गरे पनौती– नमोवुद्ध शान्ति पदयात्रा | पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप | ‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल | सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड | ‎लिन इन्टरनेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले मनाए ‘चण्डेश्वरीको नमुना जात्रा | ‎सम्झनाको तरेलीमा निर्मल लामा — ३ |

काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि
काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि

Thearaniko Times 1098+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा डेंगु संक्रमितकाे संख्या ६२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले दिएको तथ्यांक अनुसार २०८१ साउन १ देखि भदौ १६ गतेसम्म जिल्लामा ६२ जना डेंगु संक्रमित फेला परेका छन् । जसमा डेंगु संक्रमित हुनेमा पुरुष २८ र महिला ३४ रहेका छन्।

जसमा पनाैतीमा सबैभन्दा धेरै १५ जना संक्रमित भेटिएका छन् । यस्तै  बनेपा नगरपालिकामा १३ जना संक्रमित देखिएका छन् भने धुलिखेलमा १२ र भुम्लुमा ११ जना रहेकाे कार्यालयले जनाएकाे छ ।

पाँचखालमा २, नमाेबुद्धमा ३, मण्डनदेउपुरमा २, राेशीमा ३ र तेमालमा १ जनामा संक्रमण पुष्टी भएकाे छ । चार वटा गाउँपालिकाहरु खानीखाेला, बेथानचाेक, महाभारत र चाैरीदेउरालीमा भने संक्रमित भेटिएका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिका अनुसार, भदौ महिना डेंगु संक्रमण बढी हुन सक्ने महिना हो । उनले संक्रमण नियन्त्रणको प्रत्येक शुक्रवार १० बजे १० मिनेट अभियान सञ्चालन गरिएको बताइन् । संक्रमण गराउने लामखुट्टे बस्न सक्ने सम्भावित स्थान खोज्ने र नष्ट गर्ने विधी नै ९० प्रतिशत प्रभावकारी भएको पाइएकोले सोही अनुसार अभियान थालिएको उनले जानकारी दिइन् ।

ल्याव टेक्निसियन निरिक्षक सिता श्रेष्ठका अनुसार,  बढी डेंगु संक्रमण भएका देशभरका प्रमुख १० जिल्ला मध्ये बाग्मती प्रदेशका ५ जिल्ला काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक रहेकाले पनि काभ्रे बढी जोखिममा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार