मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

अधिवक्ता शितल पाण्डेलाई पक्राउ नगरेको भन्दै प्रदर्शन, प्रहरीको हस्तक्षेपमा ६० बढी घाइते

Thearaniko Times 1394+ समाचार ( )
१७ श्रावण २०८०, बुधवार

काठमाडौं। विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता शितल पाण्डेलाई पक्राउको माग टेकु प्रहरी परिसर घेराउ कार्यक्रममा पुगेका तामाङ र मगर समुदायका प्रदर्शनमाथि प्रहरीले दमन गरेको छ । 

अभियुक्त शितल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गर्दै  शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै गर्दा प्रहरीले अश्रुग्यास र लाठ्ठी चार्ज गरेको थियो । प्रहरीको लाट्ठीचार्जबाट ६० जना भन्दा बढी व्यक्तिहरु घाइते भएको बताइएको छ। प्रदर्शनको क्रममा युवा घेदुङका अध्यक्ष बिलाश मोक्तान, कवि तथा पत्रकार बच्चु हिमांशुसहित एक दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेका छन् । प्रक्राउ परेकाहरुलाई विनासर्त तत्काल रिहा गर्न तामाङ र मगर समुदायका संघ संस्थाहरुले माग गरेका छन् । 

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको भन्दै नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिले संयुक्त विज्ञप्ति निकालेर त्यसको भत्सर्ना गरेका छन्। अध्यक्षद्वय मोहन गोले तामाङ र ज्ञानेन्द्र पुन मगरले निकालेको विज्ञप्तिमा सबै आन्दोलनकारीलाई निःशर्त तत्काल रिहा गर्न माग गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ नगरेमा बिहीबारदेखि अनिश्चितकालीन देशव्यापी आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।

टेकु क्षेत्र तनावग्रस्त अवस्थामा रहेको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएतापनि हालसम्म पक्राउ परेका छैनन् । उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।

एक टेलिभिजनको अन्तर्वार्तामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन्। साथै तामाङ,मगर र मुस्लिम समुदायमा दाजुबहिनीबिच विवाह हुन्छ भनेर अभिव्यक्ती दिएका थिए । उक्त अभिव्यक्तिले तामाङ, मगर र मुस्लिम समुदायमा गहिरो चोट पुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार