मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |
मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
समानुपातिकमा रास्वपाको करिब ५७ सिट निश्चित, ३३ प्रतिशत महिला पुर्‍याउन ४७ महिला सांसद छनोट गर्नुपर्ने, संभावित नामहरु

Thearaniko Times 1401+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना संपन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो मतसहित संसद्मा प्रमुख शक्ति बन्ने स्पष्ट भएको छ। रास्वपाले समानुपातिकतर्फ ५१ लाख ५४ हजार ९४८ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७.८१ प्रतिशत हो। यस आधारमा रास्वपाले समानुपातिक प्रणालीबाट करिब ५७ सिट प्राप्त गर्ने देखिएको छ।

प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितिसकेको छ। समानुपातिक सिट जोडिएपछि प्रतिनिधिसभामा रास्वपाको कुल संख्या करिब १८३ पुग्ने अनुमान गरिएको छ।

मत परिणामअनुसार राष्ट्रिय दल बन्ने अन्य दलहरूमा नेपाली कांग्रेस (१७ लाख ५५ हजार ४७९ मत), नेकपा एमाले (१४ लाख ५२ हजार ६३७), नेकपा (८ लाख ९ हजार ५३०), श्रम संस्कृति पार्टी (३ लाख ८५ हजार ७०५) र राप्रपा (३ लाख ३० हजार २२७) रहेका छन्।

राजनीतिक दलहरूले गत १३ पुसमै समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। आयोगले ‘सेन्ट–लागे’ विधिका आधारमा दलले पाएको प्रतिशत र क्लस्टरअनुसार सिट निर्धारण गर्नेछ। त्यसपछि आयोगले क्लस्टरअनुसार आवश्यक उम्मेदवारको नाम दलहरूसँग माग गर्नेछ।

रास्वपाबाट प्रत्यक्ष निर्वाचनमा ११२ पुरुष र १३ महिला गरी १२५ जना निर्वाचित भइसकेका छन्। संविधानअनुसार संसद्मा महिलाको संख्या कम्तीमा ३३ प्रतिशत हुनुपर्ने भएकाले रास्वपाले समानुपातिकबाट धेरै महिला सांसद चयन गर्नुपर्ने अवस्था छ। रास्वपाको सम्भावित १८३ सांसदमध्ये ३३ प्रतिशत महिला पुर्‍याउन कम्तीमा ६० महिला आवश्यक पर्छ। प्रत्यक्षबाट १३ जना महिला निर्वाचित भइसकेकाले समानुपातिकबाट करिब ४७ महिला सांसद चयन गर्नुपर्ने हुन्छ भने करिब १० सिट पुरुषतर्फ जानेछ।

कानुनी व्यवस्थाअनुसार समानुपातिक सिट दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खसआर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत क्लस्टरका आधारमा वितरण गर्नुपर्ने हुन्छ।

यसअनुसार महिलातर्फ खसआर्यबाट १५, जनजातिबाट १४, मधेशीबाट ८, दलितबाट ६, थारूबाट ३ र मुस्लिमबाट २ जना चयन हुने अनुमान गरिएको छ। खसआर्यतर्फ प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा र ज्ञानु पौडेलको नाम सूचीमा अघि छन्।

जनजातितर्फ बशुमाया तामाङ, गंगा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम मर्हजन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन, एलिजा गुरुङ र जीना विष्टको सम्भावना रहेको छ। मधेशीतर्फ पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी र पुनम साहको नाम सूचीमा रहेको छ।

दलिततर्फ रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार र तारा विश्वकर्माको सम्भावना छ भने थारूतर्फ गिता चौधरी, उर्मिला चौधरी र करिश्मा कठरिया तथा मुस्लिमतर्फ समिना मियाँ र अफ्सना बानुको नाम सूचीमा रहेको छ।

पुरुषतर्फ खसआर्यबाट रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपानेको सम्भावना देखिएको छ। जनजातितर्फ डा. राम लामा र खुश्बु सरकार श्रेष्ठको नाम अघि छ भने प्रतिशत मिल्ने अवस्थामा मङ्मा ग्याबु शेर्पाको पनि सम्भावना रहेको बताइएको छ। मधेशीतर्फ सुप्रभात यादव र खगेन्द्र कर्ण, दलिततर्फ प्रकाशचन्द्र परियार (वैकल्पिक रूपमा प्रकाश विक) र थारूतर्फ सुरेन्द्र चौधरीको नाम सम्भावित सूचीमा रहेको छ।

निर्वाचन आयोगले दलहरूले पठाएको नामको रुजु गरेपछि समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार