मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |
मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
लिन इन्टरनेशनल बोर्डिङ स्कुलको रजत जयन्ती तथा अभिभावक दिवस सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

काभ्रे — बनेपा नगरपालिका–८ मा अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव “रजत जयन्ती” तथा अभिभावक दिवस दुई दिने कार्यक्रमसहित सम्पन्न गरेको छ।

कार्यक्रमको दोस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। सोही अवसरमा २०८१ को शैक्षिक उपलब्धि तथा २०८२ सालका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए।

विद्यालयका परीक्षा तथा ईसीए संयोजक दिपक तामाङको सञ्चालनमा भएको कार्यक्रममा २०८१ सालमा एसईई उत्तीर्ण गरेका १५ जना विद्यार्थीलाई विदाइ तथा अभिभावक सम्मान गरिएको थियो। साथै विद्यालयमार्फत नगर, जिल्ला तथा प्रदेशस्तरका गायन, नृत्य, कला, मार्सल आर्ट लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।


रजत जयन्तीको अवसरमा विद्यालयलाई विभिन्न समय सहयोग र योगदान पुर्‍याउने शिक्षक–कर्मचारी तथा व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा त्रिरत्न राजवाहक, अनुशा जस्पाउ, लक्ष्मी मानन्धर, होमकुमारी दोङ, मिनराज के.सी., शिवहरि थापा, मारमेन तामाङ तथा पूर्व सञ्चालक प्रकाश उलक र याधव फैजू रहेका छन्।

विद्यालय सञ्चालनका लागि विगत १७ वर्षदेखि भवन उपलब्ध गराउँदै आएका घरबेटी गणेशभक्त ख्याजु र उहाँकी धर्मपत्नी कृष्णदेवी ख्याजुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। साथै काभ्रे प्याब्सनका संस्थापक अध्यक्ष तथा बालबाटिका विद्या मन्दिर स्कुल बनेपाका निर्देशक रवि वैद्यलाई निजी शिक्षामा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका क्रममा शिक्षक–अभिभावक समितिका सदस्य शिवहरि थापाद्वारा स्थापना गरिएको जे.एस.डी. अक्षयकोषबाट विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो। सोही कोषमार्फत प्रि–प्राइमरी, प्राइमरी र माध्यमिक तहका ६ जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापअन्तर्गत सदनगत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने “हरियो सदन” यस वर्षको ‘हाउस अफ द इयर’ घोषित भएको छ। विजेता सदनलाई विद्यालयले नगद एक लाख रुपैयाँसहित ट्रफी प्रदान गरेको जनाएको छ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आधुनिक शिक्षण पद्धति, प्रयोगात्मक विज्ञान, कम्प्युटर शिक्षा, पुस्तकालय, प्रयोगशाला तथा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो।


हाल विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत रहेको बताउँदै उनले आगामी दिनमा अभिभावकले विश्वास गर्ने शैक्षिक गन्तव्यका रूपमा विद्यालयलाई थप सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन के.सी.ले संस्थागत विद्यालयहरूले नेपालको शिक्षा विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले लिन स्कुलले गुणस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

कार्यक्रमका सभापति तथा विद्यालयका निर्देशक शिशिर भण्डारीले विद्यालयबाट शिक्षित विद्यार्थीहरू ज्ञान, सीप र मूल्यका आधारमा सक्षम नागरिक बन्ने विश्वास व्यक्त गरे।

दुई दिने कार्यक्रममा अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार