मुख्य समाचार
कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता |

समाज/राजनीति
खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण

Thearaniko Times 1380+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

खानीखोला गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी चिसो मौसमलाई ध्यानमा राख्दै न्यानो कपडा तथा विद्यालय झोला वितरण कार्यक्रम सम्पन्न भएको छ। पौष २ र ३ गते गरी दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममार्फत गाउँपालिकाका पाँच वटा विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्।

पौष २ गते खानीखोला–३ धनमना स्थित श्री जनता आधारभूत विद्यालय र भाङ्टारबेँसी स्थित श्री कुमारी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी नानी–बाबुहरूलाई न्यानो कपडा तथा झोला वितरण गरिएको थियो। सो कार्यक्रम युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने खानीखोला–३ का वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। विद्यार्थीहरूलाई ट्र्याकसुट, जुत्ता, मोजा, टोपी तथा झोला प्रदान गरिएको थियो। न्यानो कपडा सामाजिक संस्था ‘केटाकेटी नेपाल’ को सहयोगमा उपलब्ध गराइएको हो भने झोला सहयोग पाँचखाल–१ निवासी युवा समाजसेवी तथा व्यवसायी सूर्यबहादुर तामाङले गरेका हुन्।

पौष ३ गते खानीखोला–२ सार्कीडाँडा स्थित श्री सेतीदेवी प्राथमिक विद्यालयमा पनि न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम संविधानसभा सदस्य अकल बहादुर थिङ (महेश) को प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो। कार्यक्रममा दैवलाल घिसिङ (अनुशील) र वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा विद्यार्थीहरूलाई स्थानीय निवासी भीम घिसिङद्वारा उपलब्ध गराइएको ट्र्याकसुट तथा सूर्यबहादुर तामाङको सहयोगमा न्यानो कपडा वितरण गरिएको थियो।

यसैक्रममा खानीखोला–३ वडा अन्तर्गत चित्रे स्थित श्री केन्द्र ज्योति आधारभूत विद्यालय र जुरे स्थित श्री हनुमान शक्ति प्राथमिक विद्यालयमा पनि सामाजिक संस्था केटाकेटी नेपालको सहयोगमा ट्र्याकसुट, टोपी, जुत्ता तथा मोजा वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रम सफल बनाउन अविरल जिम्बा, दैवलाल घिसिङ र वडा अध्यक्ष सागर जिम्बाले समन्वय तथा सहजीकरण गरेका थिए। साथै सृजना थिङ, बल बहादुर थिङ, युवराज थापा, राजकुमार भोलन, सुरज घिसिङ, लालमान घिसिङ, गणेश जिम्बा, पदम घिसिङ, बुद्धराज गोले, मिशन जिम्बा, रिजा घिसिङ लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले चिसो मौसममा यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने र अध्ययनप्रति उत्साह बढाउने बताएका थिए। विद्यालय परिवारले सहयोगी संस्था, समाजसेवी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

चिसो मौसमका बीच सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष राहत पुगेको र अध्ययन वातावरण थप सहज बनेको स्थानीयवासीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार