मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पालिका गतिविधि
‎धुलिखेल नगरपालिकाको १ अर्ब १८ करोडको बजेट सर्वसम्मत पारित, ‘स्वास्थ्य शहर’लाई निरन्तरताको प्रतिबद्धता

Thearaniko Times 1394+ समाचार ( )
५ असार २०८२, बिहीबार

‎धुलिखेल, काभ्रे — धुलिखेल नगरपालिकाको सत्रौं नगरसभाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतरूपमा पारित गरेको छ। नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नुभएको नीति तथा बजेट प्रस्तावलाई सभाले छलफलपछि अनुमोदन गरेको हो।
‎आगामी वर्षका लागि नगरपालिकाले कुल १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। बजेटमा ८० करोड ४ लाख ११ हजार रुपैयाँ (६७.५५ प्रतिशत) चालू खर्चतर्फ, ३६ करोड ८६ लाख ६९ हजार रुपैयाँ (३१.१२ प्रतिशत) पूँजीगत खर्चतर्फ र १ करोड ५७ लाख ७० हजार रुपैयाँ (१.३३ प्रतिशत) वित्तीय व्यवस्थातर्फ छुट्याइएको छ।
‎नगर प्रमुख ब्याञ्जुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘स्वस्थ शहर धुलिखेल अवार्ड–२०२४’ को दिगोपनालाई निरन्तरता दिँदै संघीय र प्रादेशिक सरकार तथा साझेदार निकायहरूसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। काभ्रे भञ्ज्याङमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने र नगर अस्पताललाई “धुलिखेल किड्नी सेन्टर” का रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
‎शिक्षा क्षेत्रमा ‘ल्याउ, टिकाउ र सिकाउ’ नीतिअनुसार सबै बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराइने, सिकाइ उपलब्धि बढाइने र एक वडा, एक डिजिटल विद्यालयको अवधारणा लागू गरिने भएको छ। यस्तै, सबै घरधुरीमा शतप्रतिशत धारा विस्तार गर्ने ‘एक घर, एक धारा’ नीति पनि आगामी वर्षभित्रै कार्यान्वयन गर्ने योजना छ।

‎सुरक्षित खानेपानी वितरणका लागि डिजिटल तथ्याङ्क व्यवस्थापन गरिने र एन–वास कार्यक्रम लागू गरिने नीति लिइएको छ। एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न पनि पहल गरिने उल्लेख छ।
‎रोजगारी र उद्यमशीलताको प्रवर्द्धनका लागि ‘एक बेरोजगार, एक सीप’ अभियान सञ्चालन गरिनेछ। सरकार तथा निजी क्षेत्रको सहकार्यमा सीप विकास तथा स्वरोजगार तालिम सञ्चालन गर्ने योजना रहेको छ। उत्पादनमूलक उद्योगलाई प्रोत्साहनस्वरूप सबैभन्दा बढी कर तिर्ने र ५० जनाभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई सम्मान गरिनेछ।
‎नगरपालिकाले खानेपानीका मुहान संरक्षण, फोहोरको वर्गीकरण, पुनः प्रयोग तथा प्रशोधनलाई प्राथमिकतामा राखेको छ। स्रोतमै फोहोर छुट्याउने अभ्यासलाई प्रभावकारी बनाइनेछ।
‎सभामा उपप्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले गत असोजमा आएको बाढी–पहिरोबाट नगरमा १ अर्ब ३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो। तर, संघ तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो समेत राख्नुभयो। नगरपालिकाले नसर्ने रोगसम्बन्धी शिविरमार्फत ७ हजारभन्दा बढी नगरवासीलाई सेवा दिएको पनि उहाँले जानकारी दिनुभयो।

‎सभाले विनियोजन विधेयक, जग्गा विकास निर्देशिका २०७८ संशोधन, ‘घ’ वर्ग निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५ संशोधन, लेखा समिति सञ्चालन नियमावली, न्यायिक समितिको वार्षिक प्रतिवेदनसहित २७ वटा विशेष प्रस्तावहरू पारित गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार