मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा दिपप्रज्वलन कार्यक्रम सम्पन्न

Thearaniko Times 1375+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

बनेपा/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे अन्तिम दिन आज बनेपामा अखिल नेपाल महिला संघ (समाजवादी) काभ्रेले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

समाजमा हुने हरेक हिंसाले कसैको पनि भलो नगर्ने बनेपामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । हरेक हिंसाले समाजमा विभेद, द्वन्द्व ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने बताएका हुन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरुभएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन काभ्रेको बनेपामा आयोजित दिपप्रज्वलनमा सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पासाङ डोल्माे लामाले हिंसा कुनै बाहिरको व्यक्तिबाट नभई आफन्तबाट नै हुनु दुर्भाग्यपूर्ण भएकाले यसलाई न्यूनीकरण मात्र नभएर जरैदेखि अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘प्रायः महिलाहरू मानसिक, सामाजिक, आर्थिक हिंसाबाट पीडित भइरहेका छन्, जसले गर्दा परिवार, समाज र देशलाई नै नराम्रो प्रभाब पारिरहेको छ’ उहाँले भन्नुभयो ।

जिल्ला अध्यक्ष लामाले देशको आधाभन्दा बढी जनशक्ति महिलालाई समृद्धिको भागेदार नबनाईकन समाजवादको कल्पना समेत गर्न नसक्ने बताउनुभयो। उहाँले हिंसा हुनु भनेको कानुन उल्लंघन गर्ने कुरा भएकाले कानुन उल्लंघन गरेर अपराधको भागेदारी हुनुभन्दा पहिलेनै सजग हुनु राम्रो उपाय हुने बताउनुभयो । कुनै पनि खाले हिंसा नगर्न र हिंसा हुन नदिन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ ।

पछिल्लो समय दैनिक रूपमा कुनै न कुनै किसिमको हिंसा हुने गरेको उहाँको भनाइ थियो । शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, आर्थिक रूपमा पनि हिंसा हुने गरेको उहाँले बताउनुभयो।  कार्यक्रममा महिला नेतृ र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार