मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ओली ढुक्क, हल्लाको पछि नलागौं, यो स्थिर र स्थायी सरकार हो : ओली

Thearaniko Times 1401+ समाचार ( )
२५ पौष २०७९, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन्। सोमबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका हुन्।

‘भोलि विश्वासको मत लिँदै हुनुहुन्छ प्रधानमन्त्री जीले, म ढुक्क छु उहाँले प्राप्त गर्नुहुनेछ,’ उनले भने, ‘आजै पनि म उहाँलाई बधाई दिन चाहान्छु। सरकारलाई बधाई दिन चाहान्छु। र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहान्छु। सहज परिस्थिति छैन।’

देशले नयाँ परिवर्तन खोजेको संकेत चुनाव अघि नै गरेको पनि उनले बताए। यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताए। पार्टीहरू थुप्रै भएपनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको उनले बताए।

म ढुक्क छु प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहु्न्छ। तर अहिलेको परिस्थिति सहज छैन। अनेक चुनौती छन्, उनले भने, पहिलो पटक राजश्व ऋणात्मक भएको छ। त्यसैले यी चुनौतीलाई चिर्दै सरकारले अघि बढ्नुछ।‘ यो सरकार स्टेबल र इफेक्टिब सरकारको रुपमा रहन्छ । राष्ट्रसेवक साथीहरु यो सरकार स्टेबल र परमानेन्ट सरकार हो भन्ने कुरा मनमा राखेर काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।

उनले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको दावी गरे ।सम्बोधनका क्रममा ओलीले जनताले नयाँ परिवर्तन खोजेकैले नयाँ दलहरु अहिलेको संसदम आएको पनि बताएका छन्। जनताले नयाँ परिवर्तन खोजेकाले नयाँ सरकार आएको हो, उनले भने त्यहीकारण नयाँ दल आएका हुन्। जनताले परिवर्तन खोजेकैले आज संसदमा नयाँ दल देखिएका छन्। सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीले बताए । ‘खाली टेम्पररी एरेन्जमेन्ट होइन, परमानेन्ट सेटलमेन्ट हो’ उनले भने । प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको करिब १८० सांसदको समर्थन रहेको पनि ओलीले बताए । कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको पनि ओलीले बताए ।

‘म साथीहरुलाई के भन्न चाहन्छु भने यसभित्र कुनै खेल हुन्छ कि यो सरकार ढाल्छ कि भन्ने नसोच्नुस्’ उनले भने, ‘धेरै धेरै खेलाडीहरु दर्शक भएका छन्, रिङभन्दा बाहिर बसेर हेर्न बाध्य छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार