मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |
मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |


नेकपाको मिसन ८४ समाजवाद हुनुपर्छ - महासचिव विप्लव

Thearaniko Times 1401+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका अध्यक्ष विप्लव सीले नेकपाको मिसन ८४ समाजवाद हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिद्वारा शुक्रबार आयोजित कम्युनिस्टहरुबिचको एकता तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

महासचिव विप्लव सीले संसदिय पार्टीहरुले मिसन ८४ को नारा दिएर जनतामा भ्रम छर्ने काम गरेको बताउदै नेकपाको मिसन ८४ समाजवाद भएको बताए । उनले नेपालका सम्पुर्ण स्वाभिमानी जनता र नेपालका सच्चा देशभक्त कम्युनिस्टहरु आफ्नै हात, पाखुरा खियाएर आत्मनिर्भर हुन सक्ने भएकाले अमेरिकी र भारतीयसँग नेपालले भिख माग्नु नपर्ने बताउदै भने – ‘नेपालमा कम्युनिस्ट ध्रुवीकरण अभियान जारी छ, यो अभियानबाट नेपालका सम्पुर्ण कम्युनिस्ट, माओवादीघटक एकीकृत भएर यो देशलाई विदेशीको गुलामीबाट मुक्त गर्ने अभियान सुरु भएको छ । यसले नेपालको विद्यमान दलाल पुँजिवादी संसदिय व्यवस्था फालेर समाजवाद ल्याउने र जनतालाई आत्मनिर्भर सुखी समुन्नत बनाउने बाटो खन्न सुरु गरेको छ। यसैको निरन्तरता आजको ध्रुवीकरण हो । यो ध्रुवीकरण देशमा नेपाली विशेषताको समाजवाद ल्याउने महान यात्राको ध्रुवीकरण हो । यो देशबाट दलालहरु, साम्राज्यवादीहरुको दबदबाबाट मुक्त गर्ने ध्रुवीकरण हो । यो एकताको सवाल भन्दापनि देशको सवाल हो ।


महासचिव विप्लव सीले अहिले समाजवादको बहस कम्युनिस्टहरुमा मात्र नभएर प्रत्येक घरघरमा बस्तीबस्तीहरुमा गर्नुपर्ने बेला भएको तर समाजवादको वकालत गर्ने समाजवादमा विश्वास गर्ने समाजवादका अनुयायी कम्युनिस्टहरु नै छिन्न भिन्न भएकाले सबै कम्युनिस्ट, वामपन्थी, क्रान्तिकारी, देशभक्तहरुले सबै तिक्तता निरासा कुन्ठा त्यागेर एकाकार हुनुपर्ने बताए । उनले विश्वको इतिहासमा आफ्नो देशको स्वाधिनता, दासता, जनतन्त्र, जनजीविकाका विषय, समुन्नत स्वाधिन देश बनाउन सबैभन्दा बढी बलिदान कम्युनिस्टहरुको छ, त्यसकारण अब नेपाललाई समाजवादी देश बनाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, सबै कम्युनिस्टहरुले महत्वपुर्ण योगदान गर्नुपर्ने समय आएको औंल्याए ।


महासचिव विप्लव सीले विदेशी शक्तिहरुले नेपाललाई आफ्नो सैन्य रणमैदान बनाउन खोजेको उल्लेख गर्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताउदै भने- ‘हामी बरु हड्डी घोट्छौँ पसिना बगाउँछौँ तर विदेशीले दिएको भिख थाप्ने नाममा आफ्नो देशलाई साम्राज्यवादको रणमैदान हुन दिदैनौँ । हरेक प्रकारका बितृष्णा कुन्ठा नैराश्यतामा जकडिएका जनताहरुको सपना पूरा गर्न कम्युनिस्ट आन्दोलनलाइ नयाँ सिराबाट उठाउछौँ त्यसैको निरन्तरता समाजवादी मोर्चा हो ।’

महासचिव विप्लव सीले अहिले बुर्जुवा साहित्यकारहरुले साहित्यको नाममा मुक्ति आन्दोलनलाइ अपराध हो भन्ने भ्रम छर्न उद्यत रहेको भन्दै जनताको बिरुद्धमा छाँटिने बुर्जुवा साहित्यलाइ तरबारले छिनाल्नुपर्ने बताए ।

कान्छाराम सीले स्वागत मन्तव्य र नेकपाका स्थायी समिति सदस्य सुशील सीद्वारा संचालित उक्त कार्यक्रममा काभ्रे, भक्तपुर, नुवाकोट र रसुवालगायतका जिल्लाहरुबाट ५ दर्जन भन्दा बढी नेता – कार्यकर्ता विभिन्न पार्टी परित्याग नेकपामा ध्रुवीकृत भएका थिए । काभ्रेबाट जसपाका संघीय परिषद् सदस्य सिद्दी बहादुर जोशी, माओवादी केन्द्र बनेपा १३ का पुर्व वडा सेक्रेटरी रामहरि बुढाथोकी, माओवादी केन्द्रका जिल्ला सदस्य बिमला सापकोटा, माओवादी केन्द्र धुलिखेलका नेता प्रभुकृष्ण तखाछें, एकीकृत समाजवादीका नेता पुर्णमान वाइबा, माओवादी केन्द्रका पुर्व गाविस इन्चार्ज आइतेसिंह तामाङ, जसपाका जिल्ला सदस्य ज्ञानकाजी डंगोल, बनेपा ११ का  एमालेका सदस्य रिपुमदन अधिकारी, गोकुल खड्का, रोशी ४ का अनिल अधिकारी, खानीखाला ५ का जेनिशा लामा, बनेपा १३ का राजेन्द्र खड्गी लगायत रहेका छन्। नवप्रवेशीहरुलाई महासचिव विप्लव सीले खादा र अबिरले स्वागत गरेका थिए।


नवप्रवेशीहरु सिद्दी बहादुर जोशी र रामहरि बुढाथोकीले नेकपाले पछिलो समय विकास गरेको नयाँ कार्यदिशा वैज्ञानिक सोच,नेपालमा नेपाली बिशेषताको समाजवादको अपरिहार्यता आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिर्भर उत्पादन, यो सबै आजको आवश्यकता हो भन्ने ठहरसहित नेकपामा ध्रुवीकृत भएको बताएका थिए।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य विशम सी, अनिल सी, शिलु सी, पोलिट ब्युरो सदस्य कृति सी, केन्द्रीय सल्लाहकार दिपक सी लगायत केन्द्रीय सदस्यहरुको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार