मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

धुनपा-८ को सार्वजनिक सुनुवाई कार्यक्रम संपन्न

Thearaniko Times 1401+ समाचार ( )
२ फाल्गुन २०७९, मङ्गलबार

ज्ञानबहादुर थोकर

धुलिखेल/धुलिखेल नगरपालिका  वडा नं ८ कार्यालयबाट सञ्चालन भइरहेका कार्यक्रम र गतिविधिबारे वडाबासी जानकारी दिन सार्वजनिक सुनुवाई आयोजना गरेका छन्।

आ.व. २०७९ मा वडा नं ८ बाट प्रदान गरिएकाे सेवा सुविधा साथै  वडा, नगर, प्रदेश र संघबाट विनियाेजित बजेटको  प्रभावकारिता, गुणस्तरीयता र पारदर्शिता बिषयमा सार्वजनिक सुनुवाइ भएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रमका संयाेजक प्रदेश नं ३ काे मुख्य मन्त्री कार्यालयकाे सुशासन शाखाका उप निर्देशक आदरणिय बिनाेद विडारीको उपस्थितिमा धु.न.पाका उपप्रमुख  निराजन जंगमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाले गरेका गतिविधिबारे वडाध्यक्ष विनोद गौतम प्रकाश पारेका थिए। कार्यक्रममा वडाको गतिविधि, संघ-संस्था, क्लब, उपभोक्ता समिति, समग्र वडाबासीको समस्या, चुनौतीहरु यसको न्यूनीकरण विषयमा गरेको छलफल भएका थिए। समग्रमा यस कार्यक्रमले वडा र नगरपालिकाको कार्यक्रमहरु कुन दिशातर्फ केन्द्रित हुनुपर्ने भनेर सुझाव र सल्लाह मिलेको वडाध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो। 

कार्यक्रममा काभ्रेको १३ वटा पालिकाका सुचना अधिकारीहरु, रामेछाप जिल्लाको ६ वटा पालिकाका सुचना अधिकारी र केही वडा अध्यक्षहरुकाे उपस्थितिमा वडाले नागरिकको बिचमा पहिलोपटक अत्यन्तै जिम्मेवार भएर  गम्भीरतापूर्वक  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको उपप्रमुख निराजन जंगमको भनाइ थियो। 

वडाध्यक्ष गौतमले उक्त कार्यक्रममा आएका चासो, गुनासोलाई  यथासिघ्र सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आगामी वर्षहरुमा पनि  सार्वजनिक सुनुवाइको कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार