मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

पन्त समाजको मन्दिर उद्घाटन र कुल पुजा संपन्न

Thearaniko Times 1375+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

तेमाल/तेमाल गाउँपालिका वडा नं ३ सरमथलिकाे चैथलिमा परासर पन्तहरुकाे कुल देवता कालिका बाल गाेरलकाे मन्दिर एक समाराेहका बीच उद्घाटन भएको छ।

परासर पन्त समाज नेपालका केन्द्रीय समितिका अध्यक्ष मातृकाप्रसाद पन्त र उपाध्यक्ष तेजप्रसाद पन्तले मन्दिरको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि मातृकाप्रसाद पन्तले पन्तहरुकाे कुल पुजा हरेक वर्ष चैते दशैकाे दशमीकाे दिन नियमित गर्दै जाने र बाँकि काम पनि नियमित गर्दै जाने कुरामा जाेड दिएका थिए । परासर पन्तहरुकाे कुल पुजामा अतिथि विष्णुप्रसाद पन्त (गाेपि), तेजप्रसाद पन्त, घनश्याम पन्त लगायतले सम्बाेधन गरेकाे उक्त कार्यक्रमकाे संचालन परासर पन्त समाज नेपालका केन्द्रीय सचिव बाबुकृष्ण पन्तले गरेका थिए ।

काभ्रेपलान्चोक जिल्लामा परासर गाेत्रिय पन्तहरुकाे याे पहिलाे मन्दिर हाे भने देश भरिमा याे चाैथाे मन्दिर रहेकाे परासर पन्त समाज नेपालका केन्द्रीय सचिव श्रि बाबुकृष्ण पन्तले बताउनुभयो। मन्दिर निर्माणका लागि १० आना जग्गा स्थानीय पार्वती पन्त र छाेरा गाेकुल पन्तले नि:शुल्क पास गरेर परासर पन्त समाज नेपालका नाममा दिएकाे बताइयो । 

परासर पन्तहरुकाे आपसी सहयाेग करिव ९ लाख रुपैयाँमा निर्माण भएकाे मन्दिरकाे आम्दानी र खर्चकाे हिसाब मन्दिर निर्माण समितिका अध्यक्ष तेजप्रसाद पन्तले पेश गरेका थिए । १ लाख २६ हजार रुपयाँ एकमुष्ठ सहयाेग गरेका विष्णुप्रसाद पन्त ( गाेपि) ले कर्ता बसेर कसैसँग नबाेलि विधि पुर्वक सामुहिक कुल पुजा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार