अहिले बाहिरबाट आउने सबै प्रस्तावहरु भडुवा प्रस्ताव हुन ..
१ पौष २०७९, शुक्रबार
कति लड्दै उठ्दै गर्ने हो कामरेड ?धुलो टक्टक्याउदै त उठौला तिमी तर त्यो धुलो जमेर धेरै भैसक्यो सबैले देखि सके दागैदाग,टाटै टाटा। तिमी त जसो तसो उठौला एउटा पद सङ्ग दाग साटौला तर हामी?पार्टी ?अनि ती अझै तिमी सङ्ग आसा गरेर बसेका सहिद,ब्यपत्ता ,अङ्गभङ्ग परिवार र तल्लो बर्गको परिवार कसरी उठ्ने?अझै चेत्दैनौ भन्या?झापामा २०२८ मै चेतना आयो सामाजिक जागरण आयो र ओलिले चेतना सङ्गै दाउपेच सिके । तिमिमा चेतना मात्रै आयो किनकी तिमी पश्चिम नेपालका पर्यौ। र तिमी चलाख मात्रै भयौ धुर्त हुन सकेनौ उनी चलाख र धुर्त दुबै भए। चलाखहरुको सङ्गत गर्दा सबैलाई राम्रो हुन्छ तर धुर्तहरुको सङ्गत असाध्यै नराम्रो हुन्छ,हुदो रहेछ । यदि अझै नि ललिपपमा झिङ्गा जसरी अलमलियौ भने १८ बाट १२ र ११ बाट ८ मा आउछौ। चेत न हो चेत।लौन धुर्तहरुबाट जोगाउन लागौ। आफ्नै सहोदर माधब नेपाल,बामदेब गौतम,भिम रावल,घनश्याम भुसाल,जग्गनाथ खतिवडा,रामकुमारीहरु सहन नसक्नेले के तिमलाइ हामिलाइ बाकी राख्लान भन्या? उनिहरु एउटा मौकाको पर्खाइमा छन,कम्युनिस्टको नाममा भजाउन नसकुन सबै उस्तै हुन भनाउन लागिरहेछन लगातार लगातार ।
हिजो तिमी म र हामिले रोजेको बाटो यो त हुँदै होइन नि?के हिजो पद, प्रतिष्ठा पाइन्छ चाहिन्छ भनेर लागेको हो र? कहाँ गयो त्याग समर्पण बलिदानको कुरा?फेरि एकपटक जागौ र जगाऔ। ढिलो भैसक्यो के । नभए अर्कैले देशलाइ अर्कै दिशामा लान्छ त्यो न तिमी हेर्न सक्छौ न म हेर्न सक्छु न हामी हेर्न सक्छौ । बहिस्कृत मान्छेहरुलाइ अघि पछि नलगाउ। तिमिले प्राप्त गर्ने केही थान मन्त्रीले केही हुनेवाला छैन २०६४ देखि नै खाका होइनौ र होइनन र तिनका उन्नति बाहेक देश जनता र पार्टिको उन्नति भयो कि अधोगती? केही थान जागिरको लागि मरिहत्ते नगर। देश हार्ने,पार्टी हार्ने नीति र बिचार हार्ने अन्त्यमा हामी हार्ने बाटो रोज्दै नरोज न यार । वरिपरी बसेर मृदङ्ग बजाएर हुक्का खुवाउने कमरेडहरुको मात्रै भर नपरेर अब नेतृत्वले अरुका पनि कुरा सुन्दा ‘सुनमा सुगन्ध’ हुन्छ होला नि? नेतृत्वको वरिपरी छमछम् नाचेर लाभ लिन पल्केकाहरु नेतृत्व कमजोर भएका बेला उँपियाँले जसरी छाडेर जानेमा पहिलो हुन्छन्,भए नि याद छ नि हैन?बादल,प्रभु,टोपबहादुर ,लेखराज आदि आदि। त्यसैले पार्टी र संगठनमा योगदान गरेका, सबै जीवन राजनीति भनेर समर्पण गरेकाहरु तपाईँ कमजोर हुँदा पनि साथ, सहयोग र समर्पणमा रहेका छन रहन्छन् । त्यसैले नेतृत्वलाई झिलिमिली देखाउनेहरुले कमजोर भएका बेला तिरिमिरी झ्याईँ पार्छन् । यस्ता कुरा पनि मनमा राख्नुपर्छ होला नि?त्यसैले सुनन यार सुन लेखनाथ न्यौपाने लाई सुन दिपशिखा सुन,युवराज चौलागाईं सुन,डिपि ढकाल सुन,भोगेन्द्र यादब सुन,सुदिप कुवर सुन,बिजय गौतम सुन,तेज पन्त सुन,पुरन केसि सुन,आइपी खरेल सुन,जुम्लाका निवर्तमान साम्सद सुन किन उनले लामो श्वास लिदै भो मलाइ सम्सदिय राजनिती भने?रामचन्द्र शर्मा बिज्ञान सुन,रामदिप आचार्य सुन,भरत थापाहरु सुन,पवन कार्की सुन,गङ्गा कार्की सुन,सुन रन्जित तामाङ ,क्षितिज लामिछाने सुन,ओबनाथ पान्डे सुन,लबसेर बिष्ट सुन,बिजय किरात ,जनार्दन जोसि सुन,सन्तोष पनेरुहरु सुन आस्था केसिहरु सुन,नवराज कार्की सुन,रबिन जङ्ग बस्नेत सुन ,( थुप्रैको नाम लेख्न मन छ जो यथास्थितिमा रम्न चाहदैनन्) सुन सहिद परिवार,बेपत्ता परिवार घाइते अपाङ्ग परिवार को सुन अनि हिजो पुर्णकालिन भएर हिडेका हजारौं कार्यकर्ताको सुन जो तिमी अझै सुधृन्छौ कि भनेर डिलमा बसेर खुइय गर्दै कुरिरहेकाको बेदना सुन।अनि सुन आन्दोलन पार्टी भन्दा भन्दै बैँस सकेर पाखा लागेर आफ्नो श्रममा बाचेकाहरुको सुन,अनि सुन 'अयोग्य' लडाकु हुँदै बिदेशमा चिहान खन्न भेडा,उट चराउन गएकाहरुको कुरा सुन, प्रेम रिमाल र खगेन्द्र सङ्ग्रौला लाई सत्रु नठान बरु सत्रु ठान्नेहरु बाट टाढा हौ । किन सुन्छौ केही ठेकेदार र ब्यापारीको कुरा?
केही ब्यापारी र ठेकेदारलाई तिम्रा मन्त्री चाहिएको छ र केही अवसरवादी बुद्दिजिबिलाइ केही थान राजदुत र केही जि एम चाहिएको छ,तिनलाइ अरुले दिने भए भने अन्तै लाग्छन यो पनि हेक्का होस महोदय। त्यसैले भेला गर ३०/३५ कटेका ६० तलकाहरुको देश भर र बिदेशबाट १०००/२००० जनाको, तिनको कुरा सुन।तिमिहरु मन्चमा बस ती युवालाइ अनुभव देउ तिनिहरुले योजना दिन्छन् त्यही योजनामा अघि बढ। अनि हेर देश,स्थानिय पालिका अनि पार्टी के र कस्तो बन्छ? कसरी बन्छ?के नरबहादुर कर्माचार्य,काइलाबा,दिल बहादुर श्रेष्ठ र मोहन बैध्यले तिमिहरुलाइ बिस्वास गरेर जिम्मा दिएको हैन र उबेलैमा ?अनि गरेका होइनौ र?के निर्मल लामाले नारायणकाजी ( प्रकाश ) र गिरिराजमणि हरुलाइ जिम्मा दिएको होइन र त्यो बेलैमा ?किन भुलेको के ?किन? ती बिचार र युवालाइ बिस्वास गर तिम्लाइ राम्रो अभिभावक मान्नेछन।किनकी अब यो देशको चिन्ता,नेपाल र नेपालीको चिन्ता भर्खरैका युवा र बालबालिकाको चिन्ता ती युवालाइ छ,हामिलाइ छ तिमिहरु उमेर कटेकालाइ धेरै हुदैन के।
त्यसैले अहिले बाहिरबाट आउने सबै प्रस्तावहरु भडुवा प्रस्ताव हुन यदि चिनेनौ र चेतेनौ भने अब दस बर्ष भित्रमा भिडहरुले निर्णय गर्नेछ र त्यो एकदमै दुखदायी हुनेछ। देश हार्नेछ,गणतन्त्र हार्नेछ र हामी हार्नेछौ।फेरि उठ्न समय लाग्नेछ र तिम्रो ती रातो ईतिहास कालो ईतिहास बन्नेछ बनाइनेछ । अझै कुना कन्तरामा झिनो आसाले .....मुलुकमा परिवर्तनको आभाष होस भन्ने अभिप्रायले ....