मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
योगमाया राष्ट्रिय स्रष्टा सम्मानबाट सुकन्या वाइवा र भूपाल बस्नेत सम्मानित

Thearaniko Times 1394+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं । नेपाल स्रष्टा समाजले प्रदान गर्ने योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०७८ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०७८ सुकन्या वाइवा र भूपाल बस्नेतलाई प्रदान गरिएको छ।

आइतबार राजधानीमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेको प्रमुख आतिथ्यमा दुबै स्रष्टालाई सम्मान गरियो। वाइवाले नगद रु. २५ हजार एक सय एघार प्राप्त गरिन भने बस्नेतलाई नगद रु. ५१ हजार एक प्रदान गरियो।

समारोहमा प्रमुख अतिथि घिमिरेले योगमायालाई ऐतिहासिक क्रान्तिकारी व्यक्तित्व भन्दै वर्तमान सन्दर्भमा समेत उनको योगदान सान्दर्भिक रहेको बताइन्। “महिला अधिकारका पक्षमा क्रियाशील रहँदै आएको मलाई योगमायाको जीवनले गहिरो प्रभाव पारेको छ,” उनले भनिन्, “हामी सबैले योगमायाको आदर्श आत्मसात् गर्न जरुरी छ।”

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले योगमायालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए। “उहाँको साहस, समर्पण र त्याग अनुकरणीय छ। आजको राजनीतिमा नेताहरूले योगमायाको जीवनपथ अध्ययन गरे मात्र पनि केही सुधार आउन सक्छ,” उनले टिप्पणी गरे।

सम्मानित सुकन्या वाइवाले आफू सम्मानित हुँदा दिदी पारिजात पनि सम्मानित भएको अनुभूति व्यक्त गरिन्। “योगमाया सारा नेपालीको मनमा बसिसकिन्,” उनले भनिन्, “दिदी पारिजातले पनि योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी थिइन्।”

भूपाल बस्नेतले भने योगमायाको समाधिस्थल र आफ्नो लामो अभियानको चर्चा गर्दै भोजपुरमा आश्रम स्थापना गर्ने तयारी रहेको जानकारी दिए। “पचास सालदेखि म योगमायाको अभियानमा झोला बोकेर लागिरहेकै हुँ,” उनले भने, “यो सम्मानले मलाई थप प्रेरणा दिएको छ।”

पुरस्कार संस्थापक रेखा कंडेल, पवन आलोक र राजेश न्यौपाने तथा सह-आयोजक न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले पनि योगमायाको बहुआयामिक योगदानको चर्चा गरे।

डा. शान्तिमाया गिरीले सम्मानित व्यक्तित्वहरूको योगदानबारे चर्चा गरिन् भने समाजका उपाध्यक्ष डा. सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन मधु पाठकले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार