मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |
मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

चीनको बीआरआई कार्यान्वयनमा काँग्रेस बाधक नबनोस्
चीनको बीआरआई कार्यान्वयनमा काँग्रेस बाधक नबनोस्

Thearaniko Times 1345+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

दीपक शर्मा जंगम

अस्तव्यस्त र संकटको बिचमा नेपाली जनताहरु धेरै कष्टका साथ जीवन बिताउन बाध्य भएको वर्तमान अवस्था आज नेपालमा धेरै नै कष्टदायक बनेको छ । सत्ता र शक्तिको आर्शिवाद पाएर कोही कानून भन्दा माथि चोखो भएर अनुसन्धानबाट कलंकित नबनी फुत्त बाहिर निस्किने उसको हकमा मुद्दा नै चलाउन नमिल्ने सरकारी संयन्त्रमा बाँच्न विवश नेपाली जनता भइरहेकै अवस्थामा एमाले निकट प्रधानमन्त्रीका विश्वास पात्र रमेश बडाल महान्यायधिवक्ता छन् भने कोशी प्रदेशका पूर्वमन्त्री लिला बल्लभ अधिकारी एमालेबाट नै मन्त्री बनेका र जापानको अन्तराष्ट्रिय बिमानस्थलबाट फर्काइएका मानव तस्करीको आरोप लागेका अधिकारी बाहेक अन्य एघार जना भने काठमाण्डौ जिल्ला अदालतमा मुद्दा चल्ने गरी अभियोजन लगाई पेश गरेर एउटा कानूनको फेद समातेर बसेको महान्यायधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार हो । जापानमा व्यक्तिलाई सँगै बोकेर लैजाने अधिकारी गिरोहका नाइके व्यक्ति भएर पनि उनीलाई किन मुद्दा नचल्ने निर्णय भयो ? यो देशमा गरिब जनता भुँइ मान्छेको भोट लिएर सत्तामा जाने अनि तस्कर अपराधमा मुछिएका व्यक्तिले उन्मुक्ति पाउने ? यो कस्तो गणतन्त्रको अभ्यास गरी रहेका छौ हामी ? हामीले तिरेको करबाट महान्यायधिवक्ताले तलब भत्ता लगायत अन्य सेवासुविधा लिएर किन दिए एमालेका लिला बल्लभ अधिकारीलाई मुद्दा नचल्ने निर्णय ? बिना अपराध नेपालका विभिन्न जेलबाट सजाय भोगका बन्दीको आत्मा कति रोएको होलान् ?

यो नेपालमा महाकाली सन्धी गरेर भारतसँग ठुलो फाइदा लिने गरी गरेको सम्झौताले देश कति समृद्ध बन्यो ? अमेरिकासँग गरेको आत्मघाती एम.सी.सी. ले आज नेपालमा अमेरिकी सेना हवाई तथा जल स्थल मार्गबाट आउने क्रममा भोली नेपालको कस्तो अवस्था रहला ? भारतले सिमाना मिचेको जुुगौं भयो नेपालको भूमी कब्जा गरेर नेपाललाई हेप्दा किन बौल्दैन वर्तमान एमाले, काँग्रेस ? किन बोल्दैनन् यीनका झोले कार्यकर्ता ? झोले विद्धान किन बोल्दैनन् ? कहाँ गए मानव अधिकारवादीहरु ? कहाँ गए एन.जि.ओ., आइ.एन.जि.ओका झोलेहरु ? आज देशलाई ओली सरकार आएपछि कति घाटा परेको छ, थाहा छ ? सहकारी ठगीमा मानिस छानि छानि कानून हातमा लिएर कार्वाही गर्ने सरकार किन गर्दैन एमाले र काँग्रेसका ठगका गिरोहलाई कार्वाही ? किन जनताको आवाज थुन्न खोज्दैछन् काँग्रेस एमालेहरु ? अपराधीको संरक्षण गर्ने सरकार किन पीडितको पक्षमा न्याय दिन खोज्दैन ?

प्रसंग भर्खरै चर्चामा आएको बि आर आई को बारेमा सन् २०१७ मा अर्थात् २०७४ सालमा हस्ताक्षर गरेर समझदारी पत्रलाई कार्यान्वयन नगर्ने तर्फ काँग्रेस किन ढाल बनेर लागेको छ ? उक्त कार्यान्वयनका लागि हस्ताक्षर गर्ने नेपाली काँग्रेस, पूर्व अर्थमन्त्री किन यसको विरोध गरि रहेका छन् ? एम.सी.सी. भन्दा हजारौं गुणा फाइदा लिने बि.आर. आई. लाई किन विरोध गर्दैछ काँगे्रस ? वि आर आई काँग्रेस र एमालेको किन टाउको दुखाइ बनेको छ ? अमेरिकामा गएर अन्तराष्ट्रिय बेइजत गर्ने प्रधानमन्त्री ओली अनि भुटानी शरणार्थी काण्ड र टिकापुर काण्डले कलंकित बनेकी आरजु किन तमासा देखाउन खोज्दैछिन् ? भारत तथा अमेरिकाले नेपाललाई अब के गर्न बाँकी छ ? नेपाललाई निशानामा राखेर चीनसँग युद्ध लड्ने योजना बनाउने परिपञ्च एम.सी.सी. भन्दा राम्रो मान्ने भारतले वर्षेनी हेप्दा आनन्दको निन्द्रा लाग्ने तर चीनको बि आर आइ परियोजना ल्याउन नदिन अनेकौं षडयन्त्र तथा जाल प्रपञ्च रचेर कार्यान्वयन गर्न नखोज्ने यो कस्तो अवसरवाद हो ? नेपाललाई राम्रो बनाउन सकिन्छ भने बि आर आइ बाट नै सकिन्छ किनकी चीनको सम्बन्धले नेपाललाई कुनै हानी नोक्सानी हुनेवाला पनि छैन । नेपाललाई टाट पल्टाउन वैदेशिक भ्रमणबाट ग्रसित नेपाल र हाम्रो नेपाली चीनबाट पाउने सहयोग तथा अनुदानबाट नेपाललाई स्वर्ग बनाउन सकिन्छ । आज विश्वमा चीनको आर्थिक अवस्था निकै माथि छ धेरै विकास भएको छ । चीनका जनताहरु धेरै नै सुखि छन् । नेपाल छिमेककी देश भएको नाताले चीनको विभिन्न प्राविधिक तथा आर्थिक सहयोगबाट समुन्नत नेपाल बनाउन टेवा पुग्छ । नेपालमा समाजवाद ल्याउने नाराले मात्र होइन र समाजवादको लागि विदेशी छिमेकी राष्ट्र संगको सहयोग अपरीहार्य आवश्यकता पनि  हो ।

बि आर आइ को फ्रेमवर्क भित्र समावेश परियोजना भित्र परेका नामबाट नेपालको विकासको लागि चिनबाट प्राप्त अनुदान सहयोगलाई झेल बखडा नगरी कार्यान्वयन तर्फ जाने गरी प्रधानमन्त्रीलाई साथ सहयोग गर्नुपर्ने नेपाली काँग्रेस किन आत्तिएको हो ? परियोजना कायर्यान्वयन गर्नुको लागि चीनसँग सल्लाह संवाद चीनले नराम्रो सहयोग गर्ला भन्ने भ्रमको खेती बन्द गर्न काँग्रेस लाग्न झनै जरुरी छ । चीनको भ्रमण गर्दा बि आर आइ परियोजना नेपालका हितमा हुनुपर्छ भनेर कुरा राख्नु ठीक हो तर ठाडै इन्कार गरेर पन्छाउन भने कदापि हुदँैन । चीन भारत र अमेरिका मध्ये कसले हाम्रो हित गर्छ र कसले गर्दैन भन्ने एमाले तथा काँग्रेसलाई थाहा नभएको होइन । चीनले नेपालका समग्र विकासको लागि हातेमालो गर्न ल्याएको बी आर आइ लाई हटाउने इन्कार गर्ने तर अमेरिकाको एम. सि.सि. लाई मध्यरातमा संसदमा ताली बजाएर पास गर्ने यो कुरा कतिको पाच्य छ ? आज हिमाली भेगको पहाडहरुमा अमेरिकी नजर र त्यहाँ जमाइराको अड्डा नेपाली हितमा छ त ?

अब यो देश चलाउने काँग्रेस तथा एमालेको नेताको चाल जनताको पता लगाई सकेका छन् । यो देश अहिले कुन अवस्थामा छ ? जनतालाई सधैं पिडा, दुःख, अन्याय अत्याचारको भुँग्रोमा पोलेर राख्ने यी देशलाई राम्रो बनाउन पहल गर्ने ? आज देशा युवा छैनन् हामी बाझो छ रोजगार छैन न्यायलय प्रशासन लगायत अन्य निकायमा भुइा मान्छेको पहुँच छैन । दलाल, भ्रष्टाचार, अवसारबादबाट देश ग्रस्त छ । देश नियम होइन  कानुनको होइन राणा शैलीमा र पँचायती पारामा चलेका छ । एउटा राजा फालेर हजाराँै एमाले र काँगे्रसका राजाहरु कति पाल्नु जनता ले ? जनताको शासन ल्याउन अब परिवर्तन जरुरी छ भने कसको लागि जनताको पक्षमा कुरा उठाउने कम्युनिष्ट एकता बाहेक विकल्प पनि छैन । हिजोको गल्तीबाट पाठ सिकेर एउटै मुठ्ठीमा अब परिवर्तनकामी लाग्न जरुरी छ तर त्यसको लागि जनतालाई गोलबद्ध गर्दै लग्नु पनि आवश्यक भैसकेको छ । नेपाल बनाउनको लागि चीनसँग नेपालले गरेको सन् २०१७ को बि.आर.आई परियोजना बिना शंका बिना हिचकिचाहट स्वीकार्नु अत्यन्त जरुरी छ । जनता भन्दा काँग्रेस ठुलो होइन ओली प्रधानमन्त्री ज्यु तपाइको क्षमता कति छ भन्ने कुरा जनताले चीन भ्रमणताका देख्ने छन् । बरु प्रधानमन्त्री त्याग्नुहोस् तर बी.आर.आई. ल्याउनुुस जसले समग्र नेपाल र नेपालीको भलो गर्दछ त्यति गर्ने आँट भएन भने जिउँदै नर्क जानुहोला त्यहाँ चित्र गुप्तले एमलोकमा हिसाब लेख्नुछन् त्यो धुव्र सत्य छ । नेपाल आमाको मुहारमा खुशी ल्याउने वा आँशु बगाउने त्यो प्रधानमन्त्री हिम्मतमा भर पर्दछ ।                                                                                                                                       -लेखक कानून व्यवसायी हुनुहुन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार