मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जिल्ला समन्वय र काभ्रे सेवा समाजले शान्ति पदयात्रा आयोजना गर्ने

Thearaniko Times 1394+ समाचार ( )
१३ श्रावण २०८०, शनिबार

बनेपा । जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजकाे संयुक्त आयाेजनामा शान्ति पदयात्रा हुने भएको छ। काभ्रे जिल्लाकाे पर्यटन प्रवर्दन गर्ने  र मानव - मानव बीच शान्ति कायम गरि समृद्धि र एकताको शक्ति निर्माण गर्ने उदेश्यले शान्ति पदयात्रा गर्न लागिएको आयाेजकले जानकारी दिएको छ। 

विश्व शान्ति दिवसकाे अवसर पारेर आगामी असाेज ६ गते काभ्रेको ऐतिहासिक नगरी पनौतीदेखि धार्मिक तथा पर्यटकीय नगरी नमाेबुद्दसम्म एकदिवसीय विश्व सांस्कृतिक शान्ति पदयात्रा गरिने आज एक छलफल तथा अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिएको हो । 

पदयात्रा कार्यक्रममा काभ्रेका विभिन्न साझेदार संस्थाकाे  सहकार्य रहने छ।  उक्त कार्यक्रमलाई सफल पार्न जिल्लाका सरकारी निकाय, पर्यटन तथा उड्डयन मन्त्रालय ,नेपाल पर्यटन बाेर्ड, जिल्ला समन्वय समिति, जिल्लाका नगरपालिकाहरु, नेपाल जेसिस, नेपाल हाेटेल संघ, लायन्स क्लव, उद्याेग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ काभ्रे शाखा लगायत थुुप्रै संघ संस्थाकाे सहभागिता रहने जनाईएकाे छ । 

 आयाेजक संस्थाकाे तर्फबाट कार्यक्रमकाे उद्देश्यबारे बाेल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले "विश्व भर शान्ति र सद्भाव फैलाउन र जिल्लाकाे आन्तरिक र बाह्य पर्यटन प्रवर्दनमा सहयाेग पुग्ने बताउदै जिल्लाका स्थानीय कला ,संस्कृति, धर्म संस्कार, मठमन्दिर, व्यापार व्यवसायमा पनि टेवा पुग्नुका साथै आर्थिक क्षेत्रमा पुँजी बिस्तार गर्न वातावरण अनुकुल हुने विश्वास व्यक्त गर्नु भएको छ।

काभ्रे जिल्ला ग्रेटर उपत्यकाकाे रुपमा विकसित हुँदै गएको तर्फ संकेत गर्दै उहाँले आगामी दिनमा काठमाडौ पछिकाे वैकल्पिक राजधानी काभ्रे रहेको जिकिर गर्नुभयो । हामीले  यहाँकाे प्राकृतिक ,सांस्कृतिक सम्पदाकाे पहिचान गर्न नसकेकाे स्विकार गर्दै काभ्रेलाई  देश विदेशमा चिनाउन शान्ति पदयात्रा गर्न जरुरी भएको उहाँको भनाइ थियो । 

कार्यक्रममा काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी.ले साे कार्यक्रम सफल पार्न सबै क्षेत्रकाे सहयोग आवश्यक रहेको भन्दै सराेकारवाला पक्षलाई सहयोगी भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो । 

 शान्ति पदयात्रा सम्वन्धमा अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिले आ-आफ्नो तर्फबाट सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार