मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना सिन्धुलीमा
दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना सिन्धुलीमा

Thearaniko Times 1401+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

सिन्धुली/काठमाण्डौं विश्वविद्यालय र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिकाबीच दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको छ । 

आइतबार एक कार्यक्रमकाबीच केयु र गाउँपालिकाबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि सम्झौता भएको पालिका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिनुभयो। उहाँका अनुुसार केयु र गाउँपालिकाबीच तीन बुँदे सम्झौता भएको छ । सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बज्रध्वज वाईबाले हस्ताक्षर गर्नुभएको छ । साक्षीमा केयुको ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर डा. विराज सिं थापा र गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले हस्ताक्षर गर्नुभएको छ । 

हरिहरपुरगढी गाँउपालिका वडा नम्बर-३, गुर्जीमा प्रस्तावित ईलेक्ट्रोलाईसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाको लागी पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन (Pre- Feasibility Study Report ) तयार गरिने बताइएको छ।

हरिहरपुर गढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पार्ने कच्चा पदार्थहरु (हाईड्रोजन, नाइट्रोजन र कार्बन डाई अक्साइड) को उपलब्धताका विषयमा केयुले अध्ययन गर्नेछ । कारखाना स्थापनाका लागि गाउँपालिकाले जग्गा, बिजुली र पानी उपलब्ध गराउन पहल गर्नेछ । 

सम्झौताको दोस्रो बुँदामा उक्त गाउँपालिकामा प्राविधिक र आर्थिक रुपमा रसायनिक मल कारखाना स्थापनाको उपयुक्तताका बारे विस्तृत अध्ययन केयुले गर्नेछ । 

सम्झौताको तेस्रो नम्बरमा ३ महिनाभित्र केयुले रसायनिक मल कारखाना स्थापना सम्बन्धि पूर्व सम्भब्यता अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख गर्नेछ ।

अध्ययन प्रतिवेदन केयु र गाउँपालिकाले संयुक्त रुपमा लगानी बोर्डमा प्रस्तुत गर्ने केयुको एकेडेमिया इन्डस्ट्री कोअपरेसनका संयोजक डा. राम लामाले जानकारी दिनुभयो । लगानी बोर्डले स्वीकृत गरेपछि कारखानाको सम्भाब्यता अध्ययनका लागि बाटो खोल्ने छ । हरिहरपुर गढी गाउँपालिकामा स्थापना हुने मल कारखानामा थाइल्याण्डको एक निजी कम्पनीले लगानी गर्ने बताइएको छ ।  

एकेडेमिया इन्डस्ट्री कोअपरेसनको समन्वयमा भएको सम्झौता कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, सांसद सुष्पा भुजेल, केयुका उपकुलपति प्रा.डा. भोला थापा, रजिष्टार प्रा.डा अच्युत वाग्ले, स्कुल अफ साइन्सका डिन प्रा.डा. जनार्दन लामिछाने, स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालकृष्ण लुईटेल, इन्जिनियर लक्ष्मण लामा लगायत केयु र गाउँपालिकाका पदाधिकारीहरु सहभागि हुनुभएको थियो । 

सम्झौता कार्यक्रममा उपकुलपति प्रा.डा. थापाले विश्वविद्यालयले उच्च प्राथमिकता साथ यो सम्झौतालाई लिएको बताउनुभयो । साथै उहाँले विश्वविद्यालयले नयाँ–नयाँ खोज, अनुसन्धान र अध्ययन गर्दै जाने समेत बताउनुभयो । 

राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा बागमती प्रदेश सरकारले हरिहरपुर गढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापना गर्ने निर्णय समेत गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार