मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेपाल रेडक्रस सोसाइटी काभ्रे
नेपाल रेडक्रस सोसाईटी काभ्रेका नवनिर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण

Thearaniko Times 1394+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

बनेपा/नेपाल रेडक्रस सोसाईटी काभ्रेका नवनिर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण

नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका नवनिर्वाचित सभापति लगायत पदाधिकारी र सदस्यले पदभार ग्रहण गरेका छन् । गत आइतबार निर्वाचित सभापति देवेन्द्र भैल लगायत पदाधिकारी र सदस्यहरुको आज एक समारोहका बीच पदस्थापन गराईएको हो ।

निवर्तमान सभापति रघुनाथ हुमागाईंले वर्तमान सभापति देवेन्द्र भैललाई र नवनिर्वाचित सभापति भैलले अन्य पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराउनुभएको थियो । कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई माईन्युट हस्तान्तरण गरेको थियो ।

सो अवसरमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, निवर्तमान सभापति रघुनाथ हुमागाईं, पूर्वसभापति सोमप्रसाद हुमागाईं, रघुबर चौप्रधान, श्यामकुमार श्रेष्ठ, बनेपा - ७ का वडाध्यक्ष हिटलर शाक्य लगायतले शुभकामना व्यक्त गर्दै मानविय भावना सहित जनताको सुखदुःखमा काम गर्न आग्रह गर्नुभएको थियो । यस्तै नवनिर्वाचित सभापति देवेन्द्र भैलले रेडक्रसको भुमिका र संस्थागत विकासका लागि सबैसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । पदस्थापनपछि समितिको पहिलो बैठक सम्पन्न गरिएको महिला उपाध्यक्ष पुष्पा खड्का बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार