मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बनेपा ६ का वडाध्यक्ष केसीले गरे भक्तेश्वर मार्ग धुलिखेल सिमाना सडक ढलान कार्यको शुभारम्भ

Thearaniko Times 1401+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, का वडाध्यक्ष सचितान्द के.सी.ले भक्तेश्वर मार्ग धुलिखेल सिमाना सडक ढलान कार्यको शुभारम्भ गर्नु भएको छ । कच्चि सडकमा पानी पर्दा हिलो तथा अन्य मौसममा धुलोले आजित सो टोलवासीले अब ढलान सडक पाउँदा अहिले खुशी भएका छन् ।

बागमती प्रदेश सरकारका पुर्व कृषि तथा पशुपन्छी मन्त्रीको विशेष पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालयको १५ लाखको बजेटमा निर्माण हुन लागेको ढलान सडकको आज वडाध्यक्ष केसीले शुभारम्भ गर्नुभएकाे हो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष के.सी.ले भौतिक विकासमा पिछडिएको वडा पछिल्लो दिनमा आएर सडक तथा विकासको काममा फड्को मारेको बताए । उनले हिजो चण्डेश्वरी खोला पारीलाई बनेपा नदेख्ने नेतृत्वका कारण वडाको विकासमा पछि परेको र वडामा सडक तथा नालाको समस्याले नगरवासीले निक्कै नै कठिनाइको सामना गर्नुपरेकोमा आफ वडाको नेतृत्वमा आइसकेपछि १० प्रतिशत मात्र पक्की सडक निर्माण हुन बाँकि रहेको जानकारी दिनुभयो। ऐतिहासिक महत्वको सडक र अरनिको राजमार्ग पछिको वैकल्पिक सडकको ढलान कार्यको आज शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै बाँकी सडक पनि जेठ महिनाभित्र कार्य संपन्न हुने विश्वास दिलाउनुभयो।

वडाध्यक्ष के.सी.ले आफुलाई जनताले आफ्नो दुःख सुखमा सरिक हुन तथा क्षेत्रमा चाहिएको विकास र परिवर्तनको लागि निर्वाचित गराएको भन्दै जनताको आशा र अपेक्षा पूरा गर्न हरदम तत्पर रहने बताउनुभयो । उहाँले आफ्नो वडाको विकास निर्माणका लागि कुनै कसर बाकी नराख्ने बताउँदै स्थानीय सरकारको समन्वय र सहयोग पनि अपरिहार्य रहेको बताउनुभयो । 

कार्यक्रममा विशेष उपस्थिती रहेको पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईं, अतिथि वडा सदस्यहरु लालकृष्ण तिमल्सिना, विजया सुवेदी, बिष्णु नारायण श्रेष्ठ र कल्पना परियारले सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै विकास निर्माणको कार्यमा सबै एकजुट हुनेपर्ने बताए । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष तथा त्रिवेणी टोल सुधार समितिका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार