मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बनेपामा सञ्चालन भएको ५ दिने बृहत योग शिविर संपन्न

Thearaniko Times 1375+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बनेपा/पताञ्जलि योग समिति काभ्रे, महिला पतञ्जली योग समिति र युवा नेपाल काभ्रेको संयुक्त आयोजना र बनेपा नगर समितिको संयोजनमा आइतबारदेखि  बनेपाको लायकुमा सञ्चालन भएको ५ दिने बृहत पतञ्जली बृहत् योग शिविर आज संपन्न भएको छ ।

बनेपाको लायकु राज मन्चमा जेठ १३ देखी १७ गते सम्म संचालन भएको उक्त शिविरमा पहिलो र दाेस्रो दिन केन्द्रिय महिला प्रभारी पुज्या साध्वी देवादितिबाट तेस्रो, चौथो र पाँचौ दिन पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले संचालन गर्नु भएको थियो ।

वागमती प्रदेश सांसद कन्चनचन्द्र बादेले शिविर समापन कार्यक्रमलाई संबोधन गर्नुहुँदै बालक, युवा बृद्ध सबै उमेरकालाई योग आवश्यक रहेकाले पाठ्यपुस्तकमै योगको विषय राख्नुपर्ने कुरामा जोड दिनुभयो । सबै मानिस स्वस्थ, र सकारात्मक हुन योग अनिवार्य रहेको भनाई राख्नुहुँदै प्रदेश सांसद बादेले विद्यालयको पाठ्यक्रममा नै योगको विषय राखी विद्यार्थी जीवन मै योगको बारेमा सिकाउनु पर्ने बताउनुभयो । 

शिविर समापन कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजले, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अधयक्ष चन्द्रबहादुर खड्का लगायतले योगको महत्वका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेले राख्नु भएको थियो ।

उक्त शिविरमा जिल्ला भरिबाट उल्लेखनिय उपस्थिति रहेको थियो । शिबिरमा बागमती प्रदेश पदाधिकारीहरु लगायत जिल्ला भरीका योग साधना केन्द्रका योग साधक साधिकाहरुको सहभागिता रहेको थियो । शिविर समापनको सभापतित्व पतंजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्थले गर्नु भएको थियो भने सञ्चालन महामन्त्री श्यामकुमार श्रेष्ठले गर्नु भएको थियो । शिबिरको संयोजन बनेपा नगर समिति संयोजक मनिषा बडालले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार