मुख्य समाचार
सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज | काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक | नेपाल भाषा र लिपिको संरक्षण : इतिहासदेखि डिजिटल पुस्तासम्मको साझा दायित्व | लगातार तेस्रो वर्ष पनि ‘शून्य बेरुजु’ कायम गर्दै महाभारत गाउँपालिका देशकै उदाहरणीय स्थानीय तह | कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक |
मुख्य समाचार
सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज | काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक | नेपाल भाषा र लिपिको संरक्षण : इतिहासदेखि डिजिटल पुस्तासम्मको साझा दायित्व | लगातार तेस्रो वर्ष पनि ‘शून्य बेरुजु’ कायम गर्दै महाभारत गाउँपालिका देशकै उदाहरणीय स्थानीय तह | कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक |

समाचार/स्थानीय
सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज

Thearaniko Times 1385+ समाचार ( )
२० असार २०८३, शनिबार

ललितपुर — तीव्र शहरीकरण, अव्यवस्थित विकास र संरक्षणप्रतिको कमजोर चासोका कारण नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा दिनप्रतिदिन जोखिममा परिरहेका बेला ललितपुरको गोदावरी नगरपालिका–७ स्थित ऐतिहासिक देवीचौरबाट सम्पदा संरक्षणका पक्षमा सञ्चारकर्मीहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक समाज नेपालको आयोजनामा सम्पन्न पत्रकार पदयात्राले केवल एउटा औपचारिक कार्यक्रमको रूप मात्र लिएन, बरु ओझेलमा पर्दै गएका स्थानीय सम्पदालाई राष्ट्रिय बहसको विषय बनाउने प्रयासका रूपमा समेत आफूलाई स्थापित गरेको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले गोदावरी क्षेत्रका मठ–मन्दिर, प्राकृतिक संपदा प्रत्यक्ष अवलोकन गर्दै तिनको संरक्षणको आवश्यकताबारे साझा धारणा व्यक्त गरेका थिए।



नेपालका धेरै ऐतिहासिक सम्पदा प्राकृतिक क्षयीकरण, अतिक्रमण, योजनाविहीन पूर्वाधार निर्माण तथा संरक्षणमा देखिएको उदासीनताका कारण संकटमा छन्। यस्ता सम्पदाले स्थानीय इतिहास, संस्कृति र सभ्यताको पहिचान बोके पनि तिनको संरक्षणमा पर्याप्त लगानी र समन्वित पहल हुन नसकेको गुनासो लामो समयदेखि उठ्दै आएको छ। यही सन्दर्भमा सञ्चारमाध्यमले सम्पदाको वास्तविक अवस्था उजागर गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता कार्यक्रमभर जोडका साथ उठाइयो।
कार्यक्रमका प्रमुख अतिथि तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सांस्कृतिक सम्पदा भावी पुस्ताको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय सरकार मात्र होइन, सञ्चारमाध्यम, नागरिक समाज र स्थानीय समुदायको पनि समान जिम्मेवारी रहेको बताउनुभयो। नगरपालिकाले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाइरहेको उहाँको भनाइ थियो।
उपप्रमुख मुना अधिकारीले सम्पदाको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिँदै यस्ता पदयात्राले स्थानीय सम्पदाप्रति अपनत्व बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सीमित स्रोतका कारण सबै क्षेत्रमा अपेक्षित काम गर्न कठिनाइ रहेको उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणमा राज्यको थप लगानी आवश्यक रहेको धारणा राख्नुभयो।



वडा नं. ७ का वडाध्यक्ष मधु बजगाईँले देवीचौरजस्तो ऐतिहासिक क्षेत्रलाई छनोट गरी कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय पर्यटन, संस्कृति र सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलका अनुसार पत्रकार पदयात्राको उद्देश्य देवीचौर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा सार्वजनिक गर्नुका साथै संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनु हो। उहाँले सम्पदा संरक्षण सरकारी निकायको मात्र दायित्व नभई सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
पदयात्राका क्रममा स्थानीय जानकारहरूले देवीचौर क्षेत्रको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व तथा संरक्षणका चुनौतीबारे जानकारी दिएका थिए। सहभागी पत्रकारहरूले तस्बिर, भिडियो र स्थलगत विवरण सङ्कलन गर्दै भविष्यमा सम्पदामाथि केन्द्रित समाचार, फोटोफिचर र वृत्तचित्रमार्फत विषयलाई थप उजागर गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा सहभागी अधिकांशको निष्कर्ष एउटै थियो—सम्पदा संरक्षण भाषण र औपचारिक कार्यक्रममा सीमित रहनु हुँदैन। स्थानीय सरकार, समुदाय, पुरातत्त्वसँग सम्बन्धित निकाय र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य हुन सके मात्र ऐतिहासिक सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकिन्छ।



सम्पादक समाज नेपालले पछिल्ला वर्षहरूमा सम्पदा केन्द्रित पत्रकार पदयात्रालाई निरन्तरता दिँदै आएको छ। यसअघि नुवाकोटको शिवपुरी र सिन्धुपाल्चोकको गुफाडाँडामा यस्ता कार्यक्रम आयोजना गरिसकेको सम्पादक समाजका कोषाध्यक्ष माधव दुलालले जानकारी दिनुभयो । यस वर्ष देवीचौरमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका एक सयभन्दा बढी पत्रकारको सहभागिता रहेको थियो।
सम्पदा संरक्षणका विषयमा राज्य, स्थानीय तह र समुदायबीच बहस भइरहेका बेला देवीचौरबाट उठेको यो आवाज केवल एउटा पदयात्रामा सीमित छैन; यसले सम्पदा संरक्षणलाई साझा सामाजिक अभियानका रूपमा अघि बढाउन सञ्चार क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको सन्देश पनि दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार