मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

धुलिखेल-खावा सडक : जेठ अन्तिमसम्ममा निर्माण हुनेमा जिसस प्रमुखको आशंका

Thearaniko Times 1394+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

धुलिखेल। काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक खण्ड बिस्तारकाे काम जेठ अन्तिमसम्ममा संपन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ।

धुलिखेलमा भएको एक छलफलमा सडक डिभिजन कार्यालयका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले जेठ मसान्तसम्ममा जसरी पनि निर्माण संपन्न गराउने बताएपनि विश्वास भने कसैले गर्न सकेनन्।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको छलफलमा समन्वय प्रमुख दिपककुमार गौतमले आफूसँग भएको संझौता अनुरूप काम अगाडि नभएकोमा आपत्ति जनाउँदै जेठमा निर्माण संपन्न हुने आधार प्रति प्रश्न उठाउनुभयो। उहाँले संझौता अनुरुप जनशक्तिको परिचालन नगरेको र संझौता सकिन ७ दिनमात्र बाँकी रहेकाले तत्काल जनशक्ति परिचालन गरी काम अगाडि नबढाए पुनः अनशन बस्ने चेतावनी दिनुभयो। बरु १००० गालि खान तयार छु भन्नुहुँदै प्रमुख गौतमले यो सडकमा भएको अनगिन्ति दुर्घटनाको स्मरण गर्दै बरु ३ शिफ्टमा काम गराएर भएपनि सडक स्तरोन्नती सक्नुपर्ने चेतावनी दिनुभयो।

छलफलमा प्रजिअ रुद्रादेवी शर्माले निर्माण कम्पनीले लापरबाही गरेको र निर्माणमा गम्भीरता नभएको आपत्ति जनाउनुभयो । प्रजिअ शर्माले विभिन्न बहानामा २२ महिना बितिसकेको र अब ३ महिनामा सडक निर्माण संपन्न हुनेमा शंका व्यक्त गर्नुभयो।

चार किलोमिटर उक्त सडकखण्ड विस्तार कार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएकोमा पछिल्लोपटक समय थप गरेर भएपनि निर्माण कार्य संपन्न गराउने योजना रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

सूचना जारी गर्दै उक्त सडकखण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको थियो ।

पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएकोसमेत सूचनामा उल्लेख गरिएको थियो। तर सडक डिभिजन कार्यालय निर्माणको लागि समय थप गरेर भएपनि निर्माण संपन्न गराउने लागिपरेको मेघनाथ मरासिनीले जानकारी दिनुभयो।

कम्पनीले आउँदो चैत १९ गतेसम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडक खण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । उक्त सडक खण्ड विस्तारका लागि व्यवसायीसँग रु २० करोड १९ लाख ४६ हजार पाँच पाँच सय एकमा सम्झौता गरिएको थियो । 

गत मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसमेत ठेकेदार कम्पनीले अटेर गर्दै आएको छ । यस्तै निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको थियो । समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् । दैनिकजसो दुर्घटना हुने गरेको छ ।

निर्माणकार्यका लागि हाल २ दर्जनको सङ्ख्यामा मजदुरको भरमा निर्माण कम्पनीले समय बिताइरहेको छ । जिल्ला तहमा उक्त कम्पनीलाई म्याद थप नगर्न दबाब बढिरहेको छ ।

चार महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामो दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहक सवारी गुड्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार