मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

विविधताभित्र एकता भएको नेवाः समुदायको १५औं एकता दिवस संपन्न
विविधताभित्र एकता भएको नेवाः समुदायको १५औं एकता दिवस संपन्न

Thearaniko Times 1375+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

बनेपा/ पुर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। बुधबार १५औं नेवा एकता दिवसको अवसरमा बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

नेवा समुदायभित्र विविधता भए पनि विविधताभित्र एकता भएको उहाँको भनाइ थियो।‘भाषा, संस्कृति,पहिचान जोगाउन हरेक वर्ष नेवाः दिवस मनाउदै आएको छ, यो अत्यन्त सकारात्मक छ।निरन्तरता पाओस्,’ पुर्व प्रधानमन्त्री नेपालले भन्नुभयो’, आफ्नो भेषभूषा,कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले बहुजातिय, बुहुभाषिक र बहुसांस्कृतिक देशको नागरिक हुनुमा गर्व लागेको बताउनुभयो । 

राज्यले पनि विभिन्न जातजाति र विविधताले भरिएको देशलाई अघि बढाउँदै आएको बताउँदै विविधतायुक्त देशको सन्तान भएको नाताले गौरवबोध भएको अध्यक्ष नेपालको भनाई थियो । ‘हिमाल, तराई र पहाडमा फैलिएको बहुजातिय, बुहुभाषिक, बहुसांस्कृतिक र बहुभौगोलिक सबै हिसाबले विधिताले भरिएको देश नेपालको बासिन्दा भएकाले हामी नेपाली संसारमा गौरवका साथ आफ्नो पहिचान लिएर अगाडि बढ्न सकेका छौं’ -उहाँले भन्नुभयो । जनताको अधिकार प्राप्तिका लागि एकताबद्ध भएर गणतन्त्र, लोकतन्त्र र संघीयता ल्याउन सफल भएको उल्लेख गर्दै उहाँले सबै भाषा, धर्म, संस्कार र संस्कृतिको उतिकै सम्मान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो क्रममा नेवा संस्कृतिको आफ्नै विशेषता भएको हुनाले यसलाई पूर्खाहरुको महान् योगदानका कारण विकास हुँदै आएको परम्परा, संस्कृति, संस्कारको जगेर्ना गर्नु राष्ट्रको पनि गौरव भएकोले यससंग सम्बन्धित संस्थाहरुलाई निरन्तर रुपमा विकास र संरक्षणमा लाग्न उहाँले आग्रह गर्नुभयो।

१५ औ नेवा एकता दिवस मुल समारोह समितिका संयोजक जगनाथ श्रेष्ठको सभापतित्व र हलि नेवा गुठी बनेपाका अध्यक्ष रामकाजी प्रधानको स्वागत मन्तव्यका साथ भएको कार्यक्रममा पुर्व मन्त्री राजेन्द्र श्रेष्ठ, हलि नेवाः गुठीका विभिन्न स्तरका नेताहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा बनेपा स्थानीय नेवा कलाकार मोहन तौजलले मन्जुश्री नृत्य र सजिना श्रेष्ठ, खुश्बु श्रेष्ठको समुहले संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए भने चन्द्रगिरी नगरपालिकाका हलि नेवा गुठी मातातीर्थ मन्दिरा श्रेष्ठले गीत प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न नेवा संघ संस्थाहरुले बनेपाको गणेशस्थानहुँदै चारदोबाटो, तीनदोबाटो, विद्युतप्राधिकरण चोक, तीनधारा हुँदै कार्यक्रमस्थलसम्म विभिन्न बाजागाजासहितको र्याली निकालिएको थियो ।

 नेपाल संवत ११३० पोहेलाथ्व नवःमीको दिनमा लाखौं नेवारहरु दशरथ रंगशालामा भेला भई नेवाः समुदायले जन स्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको, विविधता भएका नेवाःहरु एकता भएको घोषणा गरेको दिनको सम्झनामा प्रत्येक बर्ष यो दिवस मनाउदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार