मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

बनेपा नगरपालिकाको अर्धबार्षिक समिक्षा, राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी
बनेपा नगरपालिकाको अर्धबार्षिक समिक्षा, राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी

Thearaniko Times 1369+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

बनेपा/ बनेपा नगरपालिकाले अर्ध वार्षिक समिक्षा गोष्ठी आइतबार संपन्न गरेको छ । नगरपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित योजना तथा कार्यक्रमहरुको समिक्षा गरेको हो ।

नगर प्रमुख शान्तिरत्न शााक्यको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछानेले राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत लामिछानेले अर्धबार्षिक समिक्षाबारे प्रकाश पार्नुहुँदै दशैं तिहार लगायतका ठूला चाडपर्व र बोलपत्र (टेण्डर) प्रकृयाका कारण पुँजीगत खर्च र राजस्व आम्दानी केही कम भएको तर्क गरे । उनले चालु आर्थिक बर्षको लागि घाटा बजेट बनेकाले राजस्व बृद्धिमा ध्यान दिन सबै वडाका अध्यक्षहरुलाई अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय वित्त आयोगले गरेको सम्पादन मुल्याङ्कनमा ७८ अकं प्राप्त गरेको, स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा ९२.५ अकं ल्याएको बताएको छ । वडा कार्यालय, विद्यालय र आधारभुत स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी व्यबस्थापन गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय नगरपालिकाहरूसँग विकास मोडेल तथा सिकाई अनुभव आदानप्रदान गरी मैत्रीपूर्ण सम्बन्ध बिस्तार, पूण्यमाता नदि करिडोर निर्माणका लागि सरोकारवाला पक्षहरूसँग छलफल, खानेपानीको दीगो समाधान र प्रभावकारी वितरणको लागि सरोकारवालासँग छलफल गरी प्रक्रिया अगाडी बढाइएको बताएको छ । विपदका कारण क्षति व्यहोरेका ६ परिवारलाई जनही रू. १० हजारका दरले वितरण गरिएको, बाढी पहिरोमा परेका मृतक परिवारलाई ३० हजारका दरले, पूर्ण रूपमा क्षति भएका २१ घरधुरीलाई जनही रु. १० हजार, आंशिक रूपमा क्षति भएका ६ घरधुरीलाई जनही रू. ५ हजारका दरले उपलब्ध गराएको जनाएको छ । आ.व.को प्रथम र दोस्रो त्रैमासिकमा ५ हजार ९६ जना लाभग्राहीहरूलाई सामाजिक सुरक्षा स्वरूप जम्मा रू. १० करोड २७ लाख १५ हजार २ सय ३५ प्रदान गरिएको बताएको छ । त्यसै गरी जन्मदर्ता ३ सय ३४, विवाहदर्ता १ सय ८६, बसाइसराई आउने ४० परिवार जाने २८, सम्बन्ध बिच्छेद (पारपाचुके) १७, मृत्यु १६८ र घटनादर्ता ७ सय ७३ रहेको जनाएको छ ।

समिक्षा गोष्ठीमा बनेपा नगरपालिकाको राजश्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्यांक प्रस्तुत भएको छ । कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन भुर्तेलले प्रस्तुत गरेको तथ्यांकमा चालु आ.व. को साउनदेखि पुष मसान्तसम्म १२ करोड ६१ लाख ३९ हजार ८ सय ७० आन्तरिक आय अनुमान गरिएकोमा सो अवधीमा ५ करोड ४१ लाख ४० हजार ५ सय ६५ रुपैयाँ ५७ पैसा मात्रै प्राप्त भएको उल्लेख छ । यो लक्ष्यको ४२ दशमलव ९२ प्रतिशत हो ।

भुर्तेलले चालु अवधीमा अनुमान भन्दा कम राजश्व उठेपनि आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य प्राप्ती हुने दाबी गरे । ‘बैंक ग्यारेन्टी लागतयका बिषयहरु प्राप्त भइसकेका छैनन्, आर्थिक बर्षको अन्त्य सम्ममा त्यो लक्ष्य प्राप्ती हुन्छ,’ उनले भने । उनका अनुसार, गत बर्षको तुलनामा आन्तरिक आय भने ६ महिनाको अवधीमा बढेको छ । आर्थिक बर्ष २०८०/८१ मा साउनदेखि पौषसम्मको अवधीमा ४ करोड ५२ लाख ५ हजार ३ सय ९८ रुपैयाँ ६७ पैसा राजस्व संकलन भएकोमा आर्थिक बर्ष २०८१/८२ को सोही अवधीमा ५ करोड ४१ लाख ४० हजार ५ सय ६५ रुपैयाँ ६७ पैसा आन्तरिक आय भएको छ । यो गतबर्षको तुलनामा १९ दशमलव ७७ प्रतिशतले बढी हो ।

 कार्यक्रममा विषयगत शाखाहरुको प्रगती शाखा प्रमुखहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा उप प्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु, कर्मचारी, संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार