मुख्य समाचार
जनयुद्ध दिवसको अवसरमा नेकपाको शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम | आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई संकल्प पर्वको रुपमा मनाऔं | बनेपा–६ बुडोल डाँडागाउँमा ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की नगरप्रमुख शाक्यले गरे सिलान्यास | डिभोर्सपछि एलिनाले लेखिन् भावुक स्टाटस, रचना र समिक्षाले दिइन् सान्त्वना | प्रदेश सांसद श्रेष्ठले मागे आफ्नो क्षेत्रमा विकास, प्रदेश सरकारसँग माग नै माग | भुम्लुमा नेकपाको वडा भेला सम्पन्न, पुर्ण सीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन | काभ्रेमा जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड महोत्सव हुँदै | माओवादी ०८४ सम्म सरकारमा जाँदैन, ८४ मा बहुमतसहितको सरकार निर्माण गर्छ– प्रचण्ड | हामी अब सत्ताको खेलमा छैनौँ, हामी त जनतातिर फर्किसक्यौँ- प्रचण्ड (सम्बोधनको पूर्णपाठ) | पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानमा छौं -प्रचण्ड |
मुख्य समाचार
जनयुद्ध दिवसको अवसरमा नेकपाको शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम | आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई संकल्प पर्वको रुपमा मनाऔं | बनेपा–६ बुडोल डाँडागाउँमा ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की नगरप्रमुख शाक्यले गरे सिलान्यास | डिभोर्सपछि एलिनाले लेखिन् भावुक स्टाटस, रचना र समिक्षाले दिइन् सान्त्वना | प्रदेश सांसद श्रेष्ठले मागे आफ्नो क्षेत्रमा विकास, प्रदेश सरकारसँग माग नै माग | भुम्लुमा नेकपाको वडा भेला सम्पन्न, पुर्ण सीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन | काभ्रेमा जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड महोत्सव हुँदै | माओवादी ०८४ सम्म सरकारमा जाँदैन, ८४ मा बहुमतसहितको सरकार निर्माण गर्छ– प्रचण्ड | हामी अब सत्ताको खेलमा छैनौँ, हामी त जनतातिर फर्किसक्यौँ- प्रचण्ड (सम्बोधनको पूर्णपाठ) | पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानमा छौं -प्रचण्ड |


सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले ५५ अस्पतालमा निःशुल्क उपचार गर्न पाउने

Thearaniko Times 1034+ समाचार ( )
८ श्रावण २०८०, सोमबार

कोषले अस्पतालमा ८० प्रतिशत रकम भुक्तानी दिने

काठमाडौँ / योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले ५५ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेको १ वर्ष पुरा भएको छ । कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका ५५ अस्पतालमा कोषको परिचयपत्र देखाएर निःशुल्क उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भ गरेसँगै कोषमा आवद्ध श्रमिकले  निःशुल्क रुपमा तोकिएका अस्पतालहरूमा उपचार गराउन पाउने छन् । काभ्रेको शिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पतालमा पनि यो सुविधा उपलब्ध गराउने भएको छ । धुलिखेल अस्पतालले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरिसकेको जानकारी अस्पतालका प्रशासकीय प्रमुख प्रद्युम्न श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोष मार्फत गरिने स्वास्थ उपचारमा १ लाख २५ हजार बराबरको सेवा पाइने यसको सकारात्मक पक्ष रहेको श्रेष्ठले बताउनुभयो । 

कोषले परीक्षणकालमा योगदानकर्ताले औषधि उपचार गराएपछि सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गरिदिने र बाँकी २० प्रतिशत स्वयंले बेहोर्नुपने व्यवस्था मिलाएको बताइएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली शुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आवद्ध श्रमिकहरूले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुपथ्र्यो । तर अब अस्पतालमा सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सक्नेछन् । 

अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत लिएर कोषलाई जानकारी गराए पश्चात अस्पताललाई अनलाइनमार्फत नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली सुरु गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । 

कतिपय अस्पतालले एमओयू र अनलाइन प्रणाली एकैसाथ सुरु गर्ने गरी तयारी पनि भइरहेको छ । 

आबद्ध अस्पतालहरु

क्रं. सं.अस्पतालको नामप्रदेशजिल्लाठेगाना
1मनमोहन मेमोरियल पुर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पतालकोशी प्रदेशझापाबिर्तामोड - ०५
2बि एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा. लि.कोशी प्रदेशझापाबिर्तामोड
3पशुपती मोडेल हस्पिटल प्रा.लि.कोशी प्रदेशसुनसरीइटहरी ०९
4हाम्रो अस्पताल प्रा. लि.कोशी प्रदेशमोरङबिराटनगर ०४
5बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलकोशी प्रदेशमोरङटंकिसिनुवारी, बिराटनगर
6नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.कोशी प्रदेशमोरङबिराटनगर ०४
7मोरङ्ग सहकारी अस्पतालकोशी प्रदेशमोरङसोमबारे हाट, बिराटनगर
8ओखलढुंगा सामुदायिक अस्पताल ( मिसन हस्पिटल )कोशी प्रदेशओखलढुंगाओखलढुंगा
9रामलाल गोल्छा आँखा अस्पतालकोशी प्रदेशमोरङबिराटनगर
10लाईफ लाईन अस्पतालकोशी प्रदेशझापादमक
11न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि हस्पिटलकोशी प्रदेशमोरङशंखधर साख्वाः मार्ग, विराटनगर
12अरनिको हस्पिटल प्रा.लि.कोशी प्रदेशमोरङउर्लाबारी- ५
13नेशनल मेडिकल कलेज प्रा.लि.मधेश प्रदेशपर्साबिरगञ्ज १०
14बिरगञ्ज हेल्थ केयर अस्पतालमधेश प्रदेशपर्साबिरगञ्ज ०३
15गण्डक अस्पतालमधेश प्रदेशपर्साबिरगंज
16स्पर्स अस्पताल प्रा.लि.मधेश प्रदेशपर्साबिरगंज
17किरण आँखा अस्पतालमधेश प्रदेशपर्साबिरगंज
18नमुना सामुदायिक अस्पतालमधेश प्रदेशसर्लाहीहरिवन
19जानकी हेल्थ केयरमधेश प्रदेशधनुषाजनकपुर
20छिन्नमस्ता अस्पतालमधेश प्रदेशसप्तरीराजविराज
21शुभ स्वस्तिक अस्पतालमधेश प्रदेशमहोत्तरीबर्दिबास
22प्रभु अस्पतालमधेश प्रदेशपर्सापानी ट्यांकी, बिरगंज
23बीर अस्पतालबागमती प्रदेशकाठमाडौंकाठमाण्डौ
24त्रि.बि. शिक्षण अस्पतालबागमती प्रदेशकाठमाडौंमहाराजगंज
25मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबागमती प्रदेशकाठमाडौंस्वयंभु
26हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालबागमती प्रदेशकाठमाडौंचावहिल
27काठमाण्डौ मेडिकल कलेज (KMC)बागमती प्रदेशकाठमाडौंसिनामंगल
28ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पतालबागमती प्रदेशकाठमाडौंजोरपाटी
29तिलगंगा आँखा अस्पतालबागमती प्रदेशकाठमाडौंतिलगंगा
30दृष्टि आई केयरबागमती प्रदेशकाठमाडौंकलंकी
31एभरेष्ट अस्पताल प्रा. लि.बागमती प्रदेशकाठमाडौंनयाँ बानेश्वर
32होप अस्पताल प्रा. लि.बागमती प्रदेशकाठमाडौंसिनामंगल
33शंकरापुर अस्पताल प्रा.लि.बागमती प्रदेशकाठमाडौंगोकर्णेश्वर ०६
34पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल ( General Treatment only)बागमती प्रदेशकाठमाडौंनयाँबजार सोह्रखुट्टे
35फ्रन्टलाइन हस्पिटलबागमती प्रदेशकाठमाडौंबत्तीसपुतली, पुरानो बानेश्वर
36पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)बागमती प्रदेशललितपुरललितपुर
37शीर मेमोरियल अस्पतालबागमती प्रदेशकाभ्रेपलाञ्चोकबनेपा
38कलेज अफ मेडिकल साइन्सेस (COMS)(पुरानो मेडिकल कलेज)बागमती प्रदेशचितवनभरतपुर १०
39चितवन मेडिकल कलेज टिचिङ हस्पिटलबागमती प्रदेशचितवनभरतपुर १०
40मकवानपुर सहकारी अस्पतालबागमती प्रदेशमकवानपुरहेटौडा १, भिन्तुनापथ
41चुरेहिल अस्पताल प्रा.लि.बागमती प्रदेशमकवानपुरहेटौडा ११, थानाभर्याङ
42काठमाडौँ क्यान्सर सेन्टरबागमती प्रदेशभक्तपुरनालारोड, ताथली
43मनकामना अस्पतालबागमती प्रदेशचितवनभरतपुर-१०
44सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रबागमती प्रदेशकाठमाडौंबाँसबारी
45धुलिखेल अस्पतालबागमती प्रदेशकाभ्रेपलाञ्चोकधुलिखेल
46राष्ट्रिय ट्रमा सेण्टरबागमती प्रदेशकाठमाडौंमहांकाल, काठमाडौँ
47चरक मेमोरियल अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा म.न.पा. ०८
48ग्यालेक्सी अस्पतालगण्डकी प्रदेशकास्कीपोखरा
49देवचुली अस्पतालगण्डकी प्रदेशनवलपुरदलदले
50लर्डबुद्ध एजुकेशनल एकडेमी लि.(नेपालगंज मेडिकल कलेज)लुम्बिनी प्रदेशबाँकेकोहलपुर-११
51लर्डबुद्ध एजुकेशनल एकडेमी लि.(नेपालगंज मेडिकल कलेज)लुम्बिनी प्रदेशबाँकेनेपालगन्ज
52युनिभसर्ल कलेज अफ मेडिकल साइन्स (UCMS)लुम्बिनी प्रदेशरुपन्देहीभैरहवा
53गौतमबुद्ध मुटु अस्पताललुम्बिनी प्रदेशरुपन्देहीरामनगर, वुटवल
54सिद्धार्थनगर सिटी हस्पिटललुम्बिनी प्रदेशरुपन्देहीएयरपोर्ट रोड, भैरहवा
55मितेरी अस्पताललुम्बिनी प्रदेशदाङघोराही

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार