मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

पाँचखाल–१० का मतदाता भन्छन् -हामीले खोजेको लम्साल जस्तै प्रष्ट नेता हो’

Thearaniko Times 1369+ समाचार ( )
६ कार्तिक २०७९, आइतबार

पाँचखाल/काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साललाई पाँचखाल नगरपालिका वडा नम्बर १० का मतदाताले हार्दिकता पूर्वक स्वागत गरेका छन । 

उनीहरुले पाँच बर्षे कार्यकालमा लम्साल आफ्नो वडामा विकास निर्माणको उचित काम गरेको भन्दै प्रष्ट नेताको रुपमा लम्सालले भूमिका निर्वाह गरेको बताए । लम्सालसंगै वडा नम्बर १० मा समानुपातिक उम्मेदवार रुकु चौलागाईँ र लक्ष्मी दनुवार, नेपाली कांग्रेस नेता सुन्दरमणी आचार्य, प्रदेश क्षेत्रीय सभापति हेम तामाङ, नगरसभापति सञ्जय लामा, माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष मणिराज दाहाल र नेकपा (एकीकृत समाजवादी) का नगरकमिटी अध्यक्ष रविन्द्र सिपखान पुग्नुभएको थियो । 

लम्सालको पहलमा वडा नम्बर १० मा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएर स्थानीयले सेवा लिइरहेका छन् । दाहालडाँडामा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै सडक पिच र स्तरोन्नतीको काम समेत लम्सालको पहलमा भएका छन् । 

मतदाताले जुन तारा खसालिदिन्छु भनेर गफ दिने नेता भन्दा जनताको दैनिक समस्या समाधान गर्ने नेताको आवश्यकता रहेको बताए । ‘अघिल्लो निर्वाचनमा जुनतारा खसालिदिनेसम्मको कुरा गर्ने नेता आए । तर जनताको समस्या समाधान गर्न भने उहाँको कुनै ध्यान गएर । प्रदेश सांसद हुँदा लम्सालले सक्ने जति काम गर्नुभएको छ । हामीलाई प्रष्ट नेता चाहिन्छ । अहिलेसम्म लम्सालले कुनै योजनामा बदमासि गरेको सुनेका छैनौँ । मतदाताले भने ।’

मतदातासँग लम्सालले अब पनि कुनै विभेद नगरि विकास निर्माणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यो वडामा मैले सक्ने जति विकासको काम गरेको छु । अबको दिनमा पनि कोही कसैलाई विभेद नहुने गरी विकासको काम तपाईहरुसँगै छलफल गरेर अघि बढाउने छु । यसमा कुनै शंका छैन । लम्सालले भन्नुभयो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार