रोशी /जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत 'जनजनमा माओवादी घरघरमा माओवादी' तीन महिने अभियान रोशी गाउँ पालिकाको सबै वडाहरुमा शुरु भएका छन् ।
नेकपा माओवादी केन्द्र रोशी गाउँपालिका कमिटीको योजना अनुसार १ नं वडा देखि १२ नं वडासम्म बिभिन्न कार्यक्रमहरु आयोजना गरेर अभियान सुरु गरिएको गाउँ कमिटी अध्यक्ष मानविर वाईबाले जानकारी दिए । रोशी ८ मा वृहत वृक्षारोपण, ९ विद्यार्थीहरुसँग अन्तरक्रिया र सरसफाई, ७ मा वृक्षारोपण, १० मा वृक्षारोपण, ११ मा पार्टीको छलफल बैठक १२ मा सरसफाई अभियान गरेर तीन महिने अभियान सुरुवात भएको अध्यक्ष वाईबाले जानकारी दिए । त्यसैगरी ५ मा पार्टीको बैठक, ६ मा अन्तरक्रिया, १ मा पार्टीको बैठक र अभियानमा साथ रहने विभिन्न कार्यक्रमहरु आयोजना गरिने र ४ मा पार्टी अभियानमा जनजनमा पुग्ने कामहरुमा जोड् दिएको वाईबाले बताए ।
तीन महिने पार्टीको अभियानको लागि रोशी गाउँ पालिका पार्टी कमिटीले कार्य विभाजन सहित वडा नं १ मा तेमाल सिं लामा, सुमन लामा, वडा नं २ र ३ मा अशोक गौतम, सुकरानी तामाङ, हस्त लामा, वडा नं ४ र ५ मा नरबहादुर वाईबा, तेमाल सि लामा, सुमन लामा, ६ मा मानबिर वाईबा, ८ र ९ मा अपेक्षा, मुना थापा मगर, १० र ११ मा फुर्साङ लामा र वडा नं १२ मा अभियान भुजेल र भोला मैनालीको टिम परिचालन भएको सचिव फुर्साङ लामाले जानकारी दिए ।
त्यसैगरी अभियानमा रोशी गाउँ पालिका कमिटिले १ देखि ५ सम्म प्रदेश सदस्य मिमबहादुर वाईबाको नेतृत्वमा वडाहरुमा परिचालन हुने टिम बनाएको टिममा तेमाल सि लामा, नरबहादुर वाईबा, अशोक गौतम, सुकरानी तामाङ, जनक लामा, हस्त लामा, ज्ञानध्वज लामा, लालमान लामा र अशाकाजी कायस्थ सहित पार्टीको सबै पालिका सदस्यहरु वडा कमिटिको जबज, युवाहरु परिचालन हुने जनाएको छ ।
रोशी ६ देखि १२ सम्म प्रदेश सदस्य टासी लामाको नेतृत्वमा मानबिर वाईबा, फुर्साङ लामा, अपेक्षा लामा, मुना थापा मगर, अभियान भुजेल, सुरेश श्रेष्ठ, भोला मैनाली, जितबहादुर लामा, चन्द्र लामा, सुजन सि लामा र नरबहादुर घिसिङ सहित पालिका सदस्यहरु वडाका सबै परिचालन हुने अध्यक्ष मानबिर वाईबाले बताए ।
तीन महिने अभियानमा रोशी गाउँपालिकामा माओवादी केन्द्रले विभिन्न अभियानहरु मार्फत जनताको घर घरमा पुग्नको लागि सिंगो पालिका टिमदेखि प्रदेश, केन्द्र र जिल्ला स्तरको नेताहरु जनताको घरघरमा पुग्ने र अभियान संचालन गर्ने रोशी गाउँ कमिटि सचिव फुर्साङ लामाले बताए । हामी पार्टीलाई कसरी बनाउन सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ जनताको घरघरमा जाने काम भईरहेको उनले बताए । यही भाद्र १६ गते शनिबार बाट सुरु भएको अभियानले सरकार र जनता बिचको सम्बन्ध र जनताको आधारभूत विषयहरु उठान गर्नको लागि पार्टीले ल्याएको अभियानमा रोशी कमिटी पुर्ण परिचालन भएको अध्यक्ष मानबिर वाईबाले बताए । यो अभियान सुरुकै दिनमा माओवादीप्रति जनताले देखाएको माया र माओवादी प्रतिको चिन्ता महत्वपुर्ण रहेको उनले बताए । विगतमा माओवादी जनताको घरमा फर्केर आएन भन्ने विषयहरु चिर्न र सरकार संचालनदेखि माओवादीले उठान गर्ने जनताको मुद्दाबारे गम्भिर रुपमा तीन महिने अभियानमा रोशीको सबै वडाहरुमा छफलफल गरिने अध्यक्ष वाईबाले बताए ।