मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया
आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया

Thearaniko Times 1394+ समाचार ( )
७ पौष २०८१, आइतबार

धुलिखेल/जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले पछिल्लो समय जाग्दै जुर्मुराउँदै गरेको आयुर्वेद सेवाको थप प्रवर्द्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको आयोजना तथा केन्द्रका प्रमुख डा.अर्जुन उपाध्यायको सभापतित्वमा सो कार्यक्रम भएको हो । 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेद सेवा प्रभावकारी बनाउँदा नागरिकहरु लाभान्वित हुने बताए । स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासा सम्बोधन गर्न अनुरोध गरे । कार्यक्रममा जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा.उपाध्यायले आयुर्वेदको महत्त्व, आवश्यकता, केन्द्रले दिइरहेको सेवा, पत्रकारको भूमिका लगायतका विषयमा प्रस्तुति दिएका थिए । 

कार्यलयका प्रमुख डा. उपाध्यायले चिकित्सालयको अथक प्रयास र पत्रकारहरुको साथ र सहयोगले विरामीको आकर्षण बढ्दै गएको बताए । चिकित्सालय प्रमुख डा. अर्जुन उपाध्यायका अनुसार, आर्थिक बर्ष २०७९/८० मा ३१ हजार ७ सय २१ जनाले सेवा लिएकोमा आर्थिक बर्ष २०८०र/८१ मा चिकित्सालयबाट २९ हजार ७ सय ८७ र जिल्लास्थित अन्य आयुर्वेद औषधालयबाट १७ हजार ७ सय २३ जनाले सेवा लिएका छन् ।

चालु आर्थिक बर्षको ५ महिनाको अवधीमा मात्रै ५ हजार १ सय १ जनाले २२ हजार ९ सय ८९ पटक सेवा लिएका छन् ।  ती मध्ये १ हजार ८ सय ९८ जनाले बहिरंग सेवा, ६ हजार ६ सय ६० वटा प्रयोगशाला परिक्षण,४ हजार ५ सय ९९ जनाले पुर्वकर्म र पञ्चकर्म, ३ हजार ८ सय जनाले योग प्रशिक्षण, १ हजार १ सय ५५ जनाले अकुपन्चर, ३ सय ३७ जनाले अकुप्रेसर, ३ सय ९ जनाले कपिङ, ९ जनाले व्लड लेफ्टिङ र १० जनाले मोक्सीबुसन बिधीबाट सेवा लिएका  छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले आयुर्वेद जीवनशैली भएको बताउँदै यसको उचित प्रवद्र्धन र प्रचारप्रसार गर्न पत्रकारहरुले सहयोग गर्ने बताए । पत्रकारहरुलाई आयुर्वेदको बारेमा धेरै भन्दा धेरै जानकारी दिएर समाचार लेखनमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । आयुर्वेदको सेवालाई कार्यालय र औषधालयमा मात्रै सीमित नगरेर टोलटोलमा पुर्याउन आवश्यक रहेको उनले बताए ।‌

जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेबाट बहिरंग सेवाका साथै पञ्चकर्म, पूर्वकर्म, अक्यूपञ्चर, फिजियोथेरापीका साथै २३ किसिममका औषधी निशुल्क वितरण हुन्छ । पथ्यापथ्यनिर्देश, थेराप्युटिक योगका साथै प्रयोगशाला परीक्षण पनि हुने गरेको छ । प्रवर्धनात्मक सेवा अन्तर्गत जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण, योगासन, प्राणायाम, ध्यानका साथै पञ्चकर्म अन्तर्गत स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग सेवा उपलव्ध हुने चिकित्सालयले जनाएको छ ।

वरिष्ठ वैद्य तथा योगप्रशिक्षक जानुका भट्टराईले योग र आयुर्वेदका अभ्यास तथा कृयाकलापहरुलाई दैनिक जीवनमा प्रयोगमा ल्याउन अनुरोध गरिन् । कार्यक्रमलाई केन्द्रकी वरिष्ठ वैद्य तथा कविराज प्रताप तामाङले सहजिकरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार