मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रभा माविले जिते ‘राष्ट्रपति रनिङ शिल्ड’

Thearaniko Times 1394+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

चौंरीदेउराली/।काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ‘स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको प्रतियोगितामा प्रभा माध्यमिक विद्यालयले ‘राष्ट्रपति रनिङ शिल्ड’ जित्न सफल भएको छ । प्रतियोगितामा सरस्वती मावि दोस्रो र बुद्ध हिमालय मावि तेस्रो हुन सफल भएको छ । 

कार्तिक २० गतेबाट शुरु भएको प्रतियोगितामा प्रथम भइ ‘राष्ट्रपति रनिङ शिल्ड’ हात पार्न सफल प्रभा माविले स्वर्ण पदक १२ वटा, रजत पदक ६ वटा र कास्य पदक २ वटा गरी २० वटा पदक हात पारेको थियो । 

दोस्रो हुने सरस्वती माविले स्वर्ण पदक ३, रजत पदक ४ वटा र कास्या पदक ६ वटा गरी १३ वटा पदक हात पार्न सफल भएको थियो र तेस्रो हुने बुद्ध हिमालयन माविले स्वर्ण पदक ३ वटा, रजत पदक ४ वटा र कास्या ४ वटा गरी ११ वटा पदक हात पार्न सफल भएको थियो । त्यसैगरि उत्कृष्ट खेलाडीमा एथलेटिक्स तर्फकी छात्रा प्रभा माविकी कविता गौतम र छात्रमा पनि सोही विद्यालयमा गौरब शिव भक्ति भएका छन् । २४  विधामा प्रतियोगिता भएको शिक्षा शाखा प्रमुख टोपप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी सो अवसरमा भएको दोस्रो मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगितामा वडा नं. २ मा रहेको खाँडादेवी मावि प्रथम भएको छ । वडा नं. ७ को सिर्जनशील जनता मावि दोस्रो भएको छ भने वडा नं. १ को सूर्योदय मावि तेस्रो हुन सफल भएको छ । सो प्रतियोगितामा ८ वटा टीम सहभागी थियो ।

शिक्षकको उत्कृष्ट खेलाडी सिर्जनाशिल जनता माविका नविन किशोर राइ र उत्कृष्ट स्पाइडर खाँडादेवी मावि सुरेन्द्र धामी भएका छन् ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए । 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद चौलागाईं, वडा नं. ५ का वडा अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरुको सहभागी रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार