मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
१४ माघ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति सदस्यमा नाम प्रस्ताव गरेका थिए। बैठकले नाम अनुमोदन गरेको हो। कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरु सबैको नाम समेटिएको छ । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा। नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एन।पी। साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्य भएका हुन् । 

यसबाहेक नेपाली कांग्रेसको विधान अनुसार वर्तमान पदाधिकारी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्रि पाण्डे र जीवन परियार पदेन रहन्छन् ।

कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ।

कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्नेछ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ। केन्द्रीय समिति सदस्य संख्या धेरै भएपछि कांग्रेसले कार्यसम्पादन समिति बनाएको बताइयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार